संघीय गठबन्धनले निर्वाचन विथोल्ने

आन्दोलनको खाका तयार हुँदै

  मनास्लु पोष्ट  647 पटक हेरिएको

काठमाडौं, २ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले बैशाख ३१ गते हुने निर्वाचन विथोल्ने तयारी गरेको छ । गठबन्धनको आज बसेको बैठकले निर्वाचन विथोल्ने गरि आइतबार आन्दोलनको खाका सार्वजनिक गर्ने निर्णय गरेको छ ।

गठबन्धनका प्रबक्ता ओम गुरुङले निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले अघि बढाउने निर्णय बैठकले गरेको जानकारी दिए । मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गरेको केही दिनपछि गठबन्धनले यस्तो निर्ण गरेको हो ।

गठबन्धनले सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयकप्रति पनि आपत्ति जनाउँदै निर्वाचनलाई भाग नलिने घोषणा गरिसकेको छ । उसले मधेश केन्द्रित जिल्लाहरुमा निर्वाचन विरोधी गतिविधिलाई पनि अघि बढाइसकेको छ ।

मोर्चाले स्थानीय तहको संख्या बढाउनुपर्ने माग सम्बोधन नभएसम्म निर्वाचन हुनै नदिने अडान राख्दै आएको छ ।

यता, सरकारले भने जनतालाई अधिकार सम्पन्न बनाउन पनि स्थानीय तह निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दैै निर्वाचनमा भाग लिन आन्दोलनरत संघीय गठबन्धन आग्रह गरिरहेको छ । मोर्चाले वैशाख ५ गतेदेखि २७ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार