तिलक भट्टराइकोे दुखी आत्मा बजारमा आउदै

  मन बहादुर पुन  2416 पटक हेरिएको

प्रदेश जानु हुन्न नेपालमै केहि गर्न सकिन्छ भन्ने उखानै जस्तो भइसकेको छ आजभोली । मुलुक युवा विहिन बनिसकेको छ ,रेमिट्यान्सविनाको देश कल्पना गर्न नसकिने अबस्थामा पुगेको छ । मन भरि सपना बोकेर विदेशिने युवाहरुको ताँती उस्तै छ । मुलुकमा रोजगारको विकल्प नदेखेपछि भौतारिदै विदेश जाने अन्नतः बहकिएको मनलाई सिर्जनाबाट सान्तवना दिदै आउदा एउता राम्रो सर्जकको रुपमा आइरहेका छन यहि सर्जकको रुपमा उदयमान वाद्दयबादक,गायक एवं मोडल हुन तिलक भट्टराई ।
आफ्नै देशमा बसेर नेपाली मौलिक लोक संगीतको सरंक्षण,संवद्धन गर्ने सुन्दर सपना बोकेका थिए तिलकले तर सोचे जस्तो कहाँ हून्छर जिवन उनि सवै मन भरि बोकेर विदेशिनु पर्यो । करिव ३ बर्ष कतार र २ बर्ष वहराइनमा विताएका तिलक भट्टराइ नेपाल फर्किएर लोक संगीतमा लाग्ने अठोट गरे ।
नेपाल फर्के संगै एउता गीतमा मोडलिङ गर्ने मौका पाए पछि उनि सांगीतिक क्षेत्रमा प्रवेश गरे अहिले कुशल बाद्दयबादकको रुपमा चिनिन्छन ।
२०६५ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेपनि अहिले बल्ल तिलक भट्टराइले दुखी आत्मा लोक दोहोरी र आफ्नै संगीतमा आधुनिक गीत तिम्रो घर मेरो दिल बजारमा ल्याउने तर्खरमा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार