सांगीतिक धरातलको गन्तव्यमा तृष्णा

  मन बहादुर पुन  1662 पटक हेरिएको

 नेपाली मौलिक लोक सांगीतिक धरातलको गन्तव्यमा पुग्ने उद्देश्यले २०६१ सालमा दिलकी रानी लोक दोहोरी एल्वम मार्फत सांगीतिक यात्रा आरम्भ गरिन तृष्णा घर्ति मगरले ।
बोबाङ ८ बाग्लुङमा जन्मिएकी तृष्णा बादलपारीको गाँउ भनेर चिनिने ढोरपाटनमा हुर्किइन । लोक संगीतको खानी बाग्लुङका बिभिन्न कार्यक्रममा सहभागी हुन्थिन । उनको स्वर सबैले खुबै प्रशंसा गर्थे र सबैको सल्लाह सहयोगले उनि काठमाडौ झरिन । निरन्तर सर्घषको बाबजुत तृष्णा घर्ति मगरले यतिबेला कुशल गायिकाको परिचय बनाइ सकेकि छिन ।

सांगीतिक यात्राको क्रममा उनले हालसम्म झरणाको पानी झै,सारै प¥योे मन,नाचौन मायालु तिजको गीत,माया लाईहालम,अाँखा लोभि मन पापी छ ,सालैजो ढोरपाटन मेलैमा चर्चित गीतहरु लगायत करिब १०० भन्दा बढि गीतहरुमा आफ्नो सुमधुर स्वर रेर्कड गरिसकेकि छिन भने छिटै मेरो माया छ भने पञ्चेबाजा गीत ल्याउने तर्खरमा रहेकि तृष्णा घर्ति मगर आफुले गायको प्राय गीतहरुमा आफैले माडलिङ गरेकि छिन ।
नेपालको बिभिन्न ठाउहरु मलेसिया र भारतको कार्यक्रममा आफ्नो प्रस्तुति दिइ सकेकि तृष्णा हङकङ र युकेको कार्यक्रममा जाने तयारीमा रहेकि छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार