कुनैपनि हालतमा चुनाव रोकिन्न : उपप्रधानमन्त्री थापा

  मनास्लु पोष्ट  665 पटक हेरिएको

तुलसीपुर,५ वैशाख ।
उपप्रधान एबम् संघिय मामीला तथा स्थानिय विकास मन्त्री कमल थापाले मधेसबादी दलका कारण बैशाख ३१ गतेको चुनाव कुनै हालतमा नरोकिने बताउनुभएको छ । राप्रपाको अञ्चल स्तरीय चुनावी सभालाई मंगलबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै थापाले कुनै पनि कारणले बैशाष ३१ गतेको चुनाव नरोकिने बताउनुभयो ।
चुनाव हुन नसके देशमा ठुलो संकट आउने र अहिले सम्म प्राप्त उपलब्धी गुम्ने उहाको भनाई छ । संबिधान कार्यान्वयन भएन भने देशमा संकट आउछ,त्यसका लागि पनि चुनाव बैशाष ३१ गते हुन्छ,राप्रपा अध्यक्ष थापाको भनाई छ ।
हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र उल्लेख नभएको संबिधान संकटमा परे के हुन्छ, भन्ने प्रस्न उठ्न सक्छ,त्यो कदापी होईन, राप्रपाले उठाउदै आएको अधिकार स्थानिय तहमा ब्यबस्था गरिएको भन्दै आन्दोलन छोडी बार्ता र सम्बाद मार्फत चुनावमा भाग लिन मधेसबादी दलहरुलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, चुनाव बहिष्कार नगरि चुनावमा भाग लिने वातावरणका लागि सरकारले अत्यन्त लचकता अपनाउने बताउनुभयो । संबिधान संशोधन बिधेकमा अपुग केही छन् भने सरकार त्यसलाई सम्बोधन गर्न तयार रहेको उहाले बताउनुभयो । उहाले चुनाव हुन्छ की हुदैन भनि बौद्धिक बिलाषा खेर नफाल्न नेपाली समुदायलाई आग्रह गर्नुभयो । चुनाव तोकिएकै मितीमा हुन्छ,ढुक्क हुनुहोस्,उहाले भन्नुभयो ।
उपप्रधान एबम स्थानिय विकास मन्त्री कमल थापाले स्थानिय तहमा राप्रपाले चुनाव जितेका गाँउपालीका, नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकाहरुमा धर्म परिवर्तन गर्न निषेध गरिने चुनावी नारा सार्बजनीक गर्नुभयो । उहाले गौहत्यालाई दण्डनीय गरिने,गौरक्षाका लागि गौशाला निर्माण, जातीय, वर्गीय, भेदभावलाई निषेध गरिने,जातिय छुवाछुतलाई दण्डनीय,मन्दीर प्रबेशमा सबै जातजातीका लागि खुल्ला,बाल बिबाह तथा बहुबिबाहको पूर्णरुपमा अन्त्य लगायतका लोकप्रिय नाराहरु सार्बजनीक गर्नुभएको थियो ।
सोही अबसरमा राप्रपाका पूर्ब अध्यक्ष पशुपति सम्शेर जवराले मधेसीहरु सामेल भएको चुनाव हुनु पर्नेमा जोड दिनुभयो । एकतिहाई नेपाली नागरिक सहभागि नभएको चुनाव गराउनु ठिक नहुने बताउनुभयो । उहाले त्यसको बिकल्प खोज्नुपर्छ,मेधसबादी दलहरुलाई चुनावमा भागलिने बैकल्पीक उपायको खोजी गरिनुपर्छ उहाले भन्नुभयो । उहाले सुझाब दिनुभयो,संबिधान संशोधनमा लचिलो भएर स्थानिय तहको संख्या मधेसमा बढाउन सकिन्छ ।
सोही कार्यक्रमलाई राप्रपाका नेता एबम पूर्ब मन्त्री बालाराम घर्ती मगर,राप्रपाका सहयाक महामन्त्री मनोज प्रधान,राप्रपाका केन्द्रीय सदस्यद्धय कोमल वली र मिना स्वर्णकार,राप्रपा सल्यानका जिल्ला अध्यक्ष मनोज सिह,भोलानाथ योगी,पुर्ब केन्द्रीय सदस्य अलीमहोमद मिँया,तिलकबहादुर बस्नेत,छोटीलाल चौधरी,उमाकन्त भण्डारी लगायतले बोल्नुभएको थियो । सोही अबसरमा घोराही उपमहानगरपालीकामा स्वतन्त्रबाट मेयर पदका उम्मेदवार भोलानाथ योगी लगायत दजनौले राप्रपामा प्रबेश गर्नुभएको छ । क्षेत्रीय अध्यक्ष प्रेमबहादुर शाहले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण यामेन्द्र वलीले गर्नुभएको थियो । राप्रपाले चुनावी सभा दाङको तुलसीपुर लगायत देशका १४ वटै अञ्चलमा गर्दैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार