काठमाडौं, ७ बैशाख । मधेशवादी दलहरुबीच आज भएको एकीकरण घोषणाले मधेशभरि खुशियालीको माहौल बनेको छ । एकताको खुशियालीमा मधेशमा कहीं मिठाई बाँडिरहेका छन् भने कहीं दीपालवीको माहौल बनेको छ ।
मधेशी जनताका लागि यो क्षण अत्यन्तै हर्षोल्लास एवं एक किसिमको आशाको किरण जागेको छ । यो ऐतिहासिक एकीकरणलाई चौतर्फी स्वागत गरिएको छ ।
‘मधेशी एकता आजको आवश्यकता’ भन्दै एकीकृत दल राष्ट्रिय जनता पार्टीको घोषणा भएको हो ।
एकीकरणको घोषणा गर्दै एकीकृत पार्टीका अध्यक्ष मण्डलीय नेतागणले संविधान संशोधन नभए मधेशमा चुनाव हुन नसक्ने उद्घोष समेत गरेका छन् ।