मुस्ताङको कागबेनीमा बस दुर्घटना, पाँचको मृत्यु

  मनास्लु पोष्ट  755 पटक हेरिएको

मुस्ताङ, बैशाख ९ जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै र २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा ज्यान ज्यान गएको छ।

दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन्।  घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाइृ थप उपचारका लागि  नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भएको प्रहरी नायब उपरीक्षक हरिहर योगीले जानकारी दिए।  अन्य घाइतेको भने जिल्ला अस्पतालमा उपचार भै रहेको उनले बताए।

घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक योगीले बताए।

दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार