खाद्य प्रविधि तथा गुण नियन्त्रणले दश तरकारीमा बिषादी सीमा तोक्ने

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  118 पटक हेरिएको

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने तयारी गरेको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो ।तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम सीमा तोकी डब्लुटिओ नोटिफिकेशनपश्चात् नेपाल राजपत्रमा प्रकाशनको प्रक्रियामा छ,’ प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘राजपत्रमा प्रकाशनपश्चात् कार्यान्वयमा जान्छौं ।’

विभागका अनुसार निकासी पैठारी ९नियन्त्रण० ऐन २०१३ अनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक बिषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरेको हो । हाल मुलुकभित्र करिब २८र२९ ग्रुपका बिषादी प्रयोग भइरहेका छन् । ती बिषादी तरकारी, फलफूल, अन्यखेती बालीसँगै अन्य प्रयोगनमा प्रयोग हुन्छ । मुलुकमा स्वदेशी उत्पादनसँगै अधिकांश तरकारी र फलफूल भारत र चीनबाट आयात हुन्छ । तर, परीक्षणका लागि पर्याप्त मात्रामा प्रयोगशाला नहुँदा प्रभावकारी रुपमा परीक्षण हुन सकेको छैन ।

अहिले भने स्वदेशमै उत्पादन हुने तरकारीको बिषादीमा पनि सीमा तोक्न लागेको हो । यस्तै, विभाग अर्न्तगत रहेका कार्यालयहरुमा अत्याधुनिक उपकरणसहित जीवनाशक बिषादीको अपशेष परीक्षण क्षमता हुनेगरी स्तरोन्ती तथा सदृढीकरण गर्ने प्रवक्ता महर्जनले बताए । उनका अनुसार तत्कालका लागि भन्सारबाट प्राप्त नमुनाहरुको द्रुत बिषादी अवशेष विश्लेषण परीक्षण गर्न सक्ने र तोकिएको मापदण्डभन्दा बढी देखिएमा विभागको केन्द्रीय प्रयोगशालामा पठाइने छ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार