तपाईँ पानी पुरीको पारखी हुनुहुन्छ ? यस्तो ठाउँमा बनाइन्छ पानीपुरी

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  113 पटक हेरिएको

‘काठमाडौँ । तपाईँ पक्कै पनि पारी पुरीको पारखी हुनुहुन्छ होला । चोक बजार जहाँ पानी पुरी चटपटे राखिएको हुन्छ, त्यहाँ भीड भएपनि पालो पर्खिएर तपाईँ त्यसको स्वाद नलिई गन्तव्यतर्फ जानुहुन्न ।

अबदेखि खानुअघि एक पटक सोच्नुहोस् । कस्तो खानेकुरा खाइरहेको छु, त्यो स्वस्थ्यकर छ/की छैन, ख्याल गर्नुस् ।साताअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा पानीपुरी बनाउने कारखानामा छापा मार्दा फोहोरै फोहरमा बनाइएको भेटिएको थियो ।

विभागका अनुसार काठमाडौंको नाम चलेका ठाउँ र सपिङ मल अगााडीका पसलहरुमा उक्त पानीपुरी उत्पादकले सप्लाई गर्दे आएका थिए ।
विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीका अनुसारकंलकीमा शत्रुधन महतोले सञ्चालन गरेको पानीपुरी कारखानामा साबुन बनाउने तेल, म्याद नाघेको मैदा पानीपुरीमा प्रयोग गरिएको थियो। आकाशको पानी संकलन गरेर पिठो मुछ्ने गरिन्थ्यो ।

खुट्टाले पिठो मुछ्ने। पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर, घिनलाग्दो थियो। उक्त पानी पुरी बनाउने ठाउँको नाममा खाद्य अनुज्ञापत्र, व्यवसाय दर्ता समेत थिएन . पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर र घिनलाग्दो रहेको विभागले जनाएको छ । उक्त पानीपुरी बनाउने ठाउँको नाममा व्यवसाय दर्ता समेत थिएन ।
महतोले दैनिक ५ भ्यान उपत्यकाका होटल, विवाह, सपिङ मल अगाडीका पसलहरु लगायतका ठाउँमा पानीपुरी सप्लाई गर्दै आएका थिए ।
त्यस्तै खालको पानीपुरी बनाउने ललितपुर, कोटेश्वर, बाफलगरी थप ४/५ ठाउँबाट उजुरी परेको छ। तिनीहरुले नै उपत्यकाको माग धान्दै आएका छन्।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार