कपिललाई करणको सवालः के तपाईंको सेक्स लाइफ ठिक छैन ?

  Manaslu Post  750 पटक हेरिएको

करण जौहरको टेलिभिजन शो ‘कफी विथ करण’ अन्तिम शोमा कमेडियन कपिल शर्मा उपस्थित हुँदैछन् । यो एपिसोड ५ मार्चमा टेलिकास्ट हुनेछ ।

हालै आएको समाचार अनुसार उक्त शोमा करणले कपिललाई उनको यौन जीवनसँग जोडिएका केही प्रश्नहकरु सोधेका थिए । तर प्रश्नहरुलाई कपिलले सहजरुपमा लिएनन् । ती कुनै पनि प्रश्नको उनले गतिलो जवाफ नदिएपछि करण असन्तुष्ट बनेको बताइएको छ ।

भारतीय मिडियाका अनुसार करणले कपिललाई सोधेको एउटा प्रश्न थियो, ‘तपाईं बिहान-बिहान किन टि्वट गर्नुहुन्छ ? के तपाईंको सेक्स लाइफ ठीक चलिरहेको छैन ?’ यो प्रश्नमा कुनै जवाफ नदिई कपिलले प्रसंग अन्यत्रै मोडे ।

अन्य केही प्रश्नहरुमा पनि कपिल खुलेर प्रस्तुत नगरेपछि उक्त शोको लय विगि्रएको करणले महसुस गरेका छन् । त्यसैले सो एपिसोड प्रशारण हुँदा धेरै कुरा सम्पादन हुन सक्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार