काठमाकौ १२ बैसाख । मनास्लु पोष्ट डटकम मंगलवार १२ बैसाख देखि नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय , सुचना विभागमा दर्ता भएर सञ्चालन हुने अनलाइन समचार माध्यमको ८औ सुचिमा दर्ता भएको छ । सुचना विभागले मंगलवार मनास्लु पोष्ट डटकमलाई दर्ता नम्वर सहित प्रमाण पत्र प्रदान गरेको हो ।
मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्ट अनलाइन २०७३ चैत्र देखि प्रशिक्षण प्रकाशन गर्दै आएपनि नव वर्ष २०७४ को अवसर सँगै बैसाख १ देखि औपचारिक रुपमा समचार मुलक सामाग्रीहरु अपडेट गर्न थालिएको थियो ।
कम्पनी रजिष्टार कार्यलय त्रिपुरेश्वरमा भने १८ माघ २०७३ मा मनास्लु मिडिया प्रा.लिलाई दर्ता प्रमाण पत्र दिएको थियो । कम्पनी रजिष्टारवाट कम्पनी दर्ता प्राप्त भएपछि आन्तरिक राजश्व विभाग बालाजुमा गत माघ २४ मा स्थाइ लेखा नम्वर दिएको थियो ।
कम्पनी र कर कार्यलयमा दर्ता भएर आवश्यक प्रकिया पुरा गरेपछि मनास्लु पोष्ट डटकमलाई सुचना विभागले मंगलवार प्रमान पत्र दिनुको साथै ८औ नम्वरमा सुचिकृत गरेको छ । यस अनलाइनको प्रकाशक तथा प्रधान सम्पादक मन बहादुर पुन, कार्यकारी सम्पादक मदन कुमार घर्ति मगर,प्रमुख संवाददाता कल्पना थापा मगर,संवाददाता पेमा डुण्डुप लामा रहेका छन ।
सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको अभ्यास गर्ने उद्देश्यले मनास्लु पोष्ट डटकम सुरु गरिएको प्रकाशक तथा प्रधान सम्पादक मन बहादुर पुनले बताए ।