मोडल उषाकाे डिमान्ड २० हजार

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  134 पटक हेरिएको

कुनै पनि कुरा लुकाउनै आउदैन, उनलाई । चित्त नबुझे फ्याट्ट भनिहाल्छिन् । ‘गु्रपिज्म’को सिकार थुप्रैपटक भइन् । हात परिसकेको काम एकैछिनमा खोसिएको तीतो अनुभव पनि छ, उषा खनालसँग । ‘त्यस्तो बेला एकदमै दुःख लाग्छ,’ भन्छिन्, ‘अर्काको पेटमाथि लात हान्नु सबैभन्दा ठूलो  पाप हो ।
दाङ, लमहीको सरस्वती उच्च माविमा पढ्दादेखि नाटक–नृत्यमा रुचि थियो, उनको । थुप्रैपटक भाग पनि लिइन् । कला क्षेत्रमा जम्ने सानैदेखिको रुचिले उनलाई काठमाडौंसम्म डो¥यायो ।

२०५० सालमा जन्मिएकी उषाको ‘करिअर’ २०७१ सालबाट सुरु भएको हो । म्युजिक भिडियो निर्देशक शिव विकले देख्नेबित्तिकै उनलाई ‘अफर’ गरिहाले ।

उनका लागि ‘ढुंगा खोज्दा देउता भेटे’झै भयो ।‘बीच बाटो’ र ‘लाले’ फिल्ममा नायिका बनिसकेकी उषाले ७० भन्दा बढि म्यूजिक भिडियाेमा काम गरि सकेकि छिन । उनले एउता म्यूजिक भिडियाेमा काम गरे बाफत २० हजार सम्म ल्याउने गरेकिछिन । 

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार