मलेसियासँगको श्रम समझदारी खुल्यो, कामदारले शुल्क तिर्नु नपर्ने

  Manaslu Post  63 पटक हेरिएको

काठमाडौं । नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) बिहीवारदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । श्रम मन्त्रालयका वरिष्ठ सहसचिव डा रामप्रसाद घिमिरेका अनुसार नयाँ सहमति अनुसार मलेशिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन ।

‘मलेसियासँगको समझदारीले रोजगारदाताले नै सम्पूर्ण लागत व्यहोर्ने विषयलाई स्पष्टसँग सम्बोधन गरेको छ ।’ घिमिरेले भने ।
मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो ।

‘नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको छ’ नेपालको तर्फबाट बैठकको नेतृत्व गरेका श्रम मन्त्रालयका वरिष्ठ सहसचिव डा रामप्रसाद घिमिरेले आजदेखि औपचारिक रुपमा श्रम समझदारी कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताए ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार