गायक भरत आए लोक संगीतलाई पछ्याउदै

  मन बहादुर पुन  1265 पटक हेरिएको


बैसाख १४ काठमाडौ । नेपाली मौलिक लोक गीतको क्षेत्रमा नयाँ प्रवेसी सुमधुर स्वरका धनि नब गायक हुन भरत परियार । नब आगन्तुक कलाकार देखि विशिष्ठ ब्याक्तित्वहरुसँगको निरन्तर सहकार्य गर्दै गीत संगीतमा निरन्तर लागिपरेका छन । बिशेष गरि विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएर परिचित रहदै आएका भरत परियार यतिबेला हर खुसी दिन्छु तिमिलाई सार्वजनिक भएको छ ।
सवैखाले गीत लेख्न र गाउनमा क्रियासिल भरत परियारले छिटै लोक दोहोरी गीत बजारमा ल्याउने तयारीमा रहेका छन । दमाचौर ३ सल्यानमा जन्मिएका भरत परियारले २०७१ बाट नै सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले अहिले मात्र गाउने अवसर जुटेको बताउछन ।
कलाकारको जिन्दगी वाहिरबाट देख्दा सौखिन हो भने भित्र आफ्नै पिडामा डुवुल्की मारेको हुन्छ । बाहिर जति वाही वाही भएपनि उनिहरुको भित्री जिन्दगी कसैलाई थाहा हुदैन । अभावै अभावमा पिल्सिएको जिन्दगी भित्र कलाकार एउता सामाजिक रुपमा चर्चित बनिरहेको हुन्छ । समाजको ऐनाका रुपमा कलाकारलाई लिइन्छ तर ऐना फुट्यो भने कस्तो हुन्छ भन्ने कुरा सबैले अनुमान गरेकै कुरा हो । समाजलाई सकारात्मक बाटोमा कलाकार हिड्नुपर्छ भन्ने सोच बनाएका भरत परियार अब निरन्तर लोक संगीतमा लागीरहने बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार