सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट १ करोड ५६ लाख रकम चोरी

  Manaslu Post  41 पटक हेरिएको

८ असोज, काठमाडौं । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको निरौलाले बताए ।

‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले भने, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।

कसरी भयो चोरी ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार हृयाकरहरुले ब्यालेन्स सीट नै तल-माथि बनाएका छन् ।

कार्यकारी निर्देशक मिश्रले दिएको जानकारीअनुसार कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केही व्यक्तिको खातामा समेत हालिएको उनले बताए ।

‘नयाँ शैली अपनाएर रकम निकालिएको छ, यहाँ ब्यालेन्स सीट समेत चलाइएको छ,’ कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, ‘ट्रान्सफर गरिएको रकम ३/४ जना व्यक्तिको खातामा हालिएको छ ।’

उनले भने, ‘बैंकको ब्यालेन्स सीटबाट केही रकम डेबिट गर्ने अनि नयाँ खाता खोलेर खातामा पठाएको जस्तो देखिएको छ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार