सार्वजनिक भइन् अभिनेत्री शिल्पा

  Manaslu Post  91 पटक हेरिएको

काठमाण्डौं । चलचित्र निर्माता छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन् । जिल्ला अदालत काठमाडौंले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो । अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो ।

धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको । अहिले शिल्पा केही कार्यक्रममा देखा पर्न थालेकी छिन् । हालै कबड्डी कबड्डी कबड्डीको प्रिमियरमा उनी पनि थिइन् । उनलाई युट्युबरले घेरिहाले । कडा कडा प्रश्नको ओइरो उनीमाथि लाग्यो । तर, उनले भने सामान्य नै उत्तर दिइन् । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार