बोल्ड तर रुन्ची नायिका उपासना

  Manaslu Post  63 पटक हेरिएको

काठमाण्डौं । चलचित्र ‘क्याप्टेन’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी नायिका उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले अहिले राम्रो चर्चा पाईरहेको छ । चलचित्रको मात्रै होईन नायिका ठकुरीको पनि चर्चा उत्तिकै रुपमा छ । डेब्यु चलचित्र नै पछिल्लो समयका चर्चित एक चक्लेटी नायक अनमोल केसीसँग गर्न पाउँनु नायिका उपासनाका लागि निकै महत्वपूर्ण अवसर हो ।

‘कबड्डी कबड्डी कबड्डी’ उपासनाको दोस्रो चलचित्र हो । नायक दयाहाङ राइसँग पर्दा शेयर गरेर काम गर्न पाउँदा आफूलाई निके भाग्यमानी ठानेको नायिका उपासना सिंह ठकुरीको भनाई छ । चलचित्र ‘क्याप्टेन’मा काम गर्दा नायिका सिंहले विभिन्न प्रकारका टिकाटिप्पणीको सामना गर्नुपरेको थियो । मोटीदेखी नायिकाको लागि फिट नरहेको सम्मको टिप्पणीको सामना नायिका सिंहले गर्नुपरेको थियो । तर चलचित्रको पर्दामा पात्रको चित्रण गर्ने भएकाले पनि उसको शारीरिक वनावटले फरक नपार्ने अथवा यसरी मुल्यांकन गर्न नहुँने नायिका उपासनाको तर्क छ ।

बोल्ड तर रुन्ची उपासना

उपासनाले निर्वाह गरेको भूमिका र खेलेका दुवै चलचित्रले उन्को करिअरमा निकै ठूलो महत्व राखेको छ । पहिलो चलचित्र ‘क्याप्टेन’मा काम गर्दा आएका आलोचनालाई सहर्ष रुपमा स्वीकार गरेर अघि बढ्नु नै नायिकाको लागि निकै राम्रो अबसर बन्यो । अहिले चलचित्रै ‘कबड्डी कबड्डी कबड्डी’ ले निकै राम्रो व्यापार गरिरहेको छ साथै प्रतिक्रिया पनि राम्रो पाईरहेको छ ।

त्यसले पनि नायिका सिंहको चलचित्र करिअरलाई अझ माथि उठाउँनेमा कुनै शंका छैन । तर नायिका सिंहका केहि यस्ता भित्री कुराहरु छन् । जुन सुन्दा जो केहिलाई पनि अचम्म लाग्न सक्छ । निकै बोल्ड मानिएकी नायिकाको बानी यस्तो रहेछ भनेर अचम्ममा परिन्छ ।

‘कबड्डी कबड्डी कबड्डी’ को सुटिङको समयमा नायिका उपासनालाई एक दिन पनिर खाँन मन लागेको थियो । त्यो दिन पनिरको व्यबस्था गरिदिने पनि भनियो । साँझ पनिर पनि आयो तर जम्मा दुई पिस मात्र । आफूले पनिर खान नपाएको भन्दै नायिका सिंह रोएको ‘कबड्डी कबड्डी कबड्डी’ का नायक दयाहाङ राईले एक अन्तर्वार्तामा बताएका छन् । सुटिङको बेलामा सानो सानो कुरामा पनि रुने गरेको कलाकार राईले बताए । सुटिङकै दौरानमा कपडा चेन्ज गर्दा समेत उपासना रोएकी थिईन ।

घाँम लाग्दा र बादल लाग्दा फरक–फरक ड्रेसमा फरक–फरक दृश्य कैद गर्नुपर्ने थियो । तर जुन दिन सुटिङ भईरहेको थियो । त्यो दिन मौसम निकै परिवर्तन भईरहेको थियो । एकैछिनमा घाँम लाग्ने एकै छिनमा बादल लाग्ने भईरहेको थियो । त्यसबेला चलचित्र युनिटले नायिका सिंहलाई ४ पटकसम्म ड्रेस चेन्ज गर्न लगाए । त्यसबेला पनि उपासना रोएकी थिईन । त्यस पछि उनलाई चलचित्रका केहि कलाकारले रुन्ची उपासना भनेको उनीहरुले बताउने गरेका छन् ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार