सिंगापुरविरुद्ध नेपालको शानदार जित

  Manaslu Post  46 पटक हेरिएको

काठमाडौं : त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत सिंगापुरविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । नेपालको जितमा कप्तान पारस खड्काले सतकीय पारी खेले ।

सिंगापुरले दिएको १५२ रनको लक्ष पछ्याएको नेपालले २४ बल बाँकी छँदै १ विकेटको क्षतिमा भेट्टाउन सफल भएको हो। कप्तान पारसले विस्फोटक व्याङिङ गर्दै ५२ बलमा १०६ रनको शानदार पारी खेलेपछि नेपालले १६ ओभरमै १ विकेटको क्षतिमा १५४ रन बनाउन सफल भयो।  नेपालले सुरुवात राम्रो गर्न सकेन । उसले ९ रनमा पहिलो विकेट गुमायो। ओपनर इशान पाण्डे केबल ५ रनमा आउट भए। दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेख विच एक सय ४५ रनको साझेदारी भएपछि सहज जित दर्ता भयो ।

नेपालका सहज जित दिलाउने क्रममा पारसले ७ चौका र ९ छक्का पनि प्रहार गरे। नेपालका ओपनर इशान पाण्डे ६ बलमा ५ रन बनाएर आउट भएको अवस्थामा पारसले पारी सम्हाले। उनलाई साथ दिएका आरिफ शेखले पनि ३८ बलमा ३९ रनको योगदान दिए। उनले आफ्नो इनिङमा ५ चौका पनि प्रहार गरे।  सिंगापुरका लागि जनक प्रकाशले १ विकेट लिन सफल भए। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले सिंगापुरविरूद्ध जित निकाल्दै खेलमा फर्काएको छ।  यसअघि पहिले व्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ घरेलु टिमले नेपालविरुद्ध राम्रो सुरुवात गर्न सकेन। उसका मध्यक्रमका खेलाडीले भने राम्रो साझेदारी गरे । २२ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले ५७ रनमा दोस्रो तथा १०२ रनमा तेस्रो विकेट गुमायो। उसका ओपनर रोहन रंगराजन ६ रनमा आउट भए।

मनप्रित सिंह १५ रनमा पेभेलियन फर्किए । दुवै खेलाडीलाई करण केसीले आउट गरेका थिए । यस्तै सुरेन्द्रन चन्द्रमोहनलाई सुसान भारीले ३५ रनमा आउट गरे। सिंगापुरका लागि कप्तान टिम डेभिडले अर्धसतकीय पारी खेले। उनले ४४ बलमा ६४ रनको योगदान दिए। यस्तै जनक प्रकाशले २५ रनको योगदान दिए। बलिङमा करणले २ र आजको खेलमा सिनियर टिमबाट डेब्यु गरेका सुसान भारीले १ विकेट हात पारे ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार