नेकपा कार्यकर्ताले मण्डले शैलि प्रस्तुत गरे : पौडेल

  Manaslu Post  57 पटक हेरिएको

तनहु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेको बताएका छन् ।

सोमवार विज्ञप्ती सार्वजनिक गर्दै नेता पौडेलले गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको बताउदै नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गरेको उल्लेख गरेका छन् ।

‘भवन उदघाटनका लागि जान लाग्नुभएका नेतालाई जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् । नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् ।’ उनले विज्ञप्तीमा भनेका छन् ।

पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको भन्दै उनले घटनाको घोर भत्र्सना गरेका छन् । सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेको भन्दै उनले सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार