आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै

  Manaslu Post  48 पटक हेरिएको

काठमाडौं : आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ। नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो । खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन् ।

नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसकेकोले आज देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको हो ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार