महरा प्रकरण स्वतन्त्र र निष्पक्ष छानबिन होस्ः डा. बाबुराम भट्टराई

  Manaslu Post  130 पटक हेरिएको

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारको आरोपमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा गरेपछि उक्त घटना फासफुस हुने हो कि ? भन्ने चिन्ता व्यक्त गरेका छन् ।

महरामाथि लागेको आरोपको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न नेता भट्टराईले माग गरेका छन् ।

उनले विगतमा महिला÷दलितमाथि हुने गरेका अपराधका घटनाहरुको निष्पक्ष छानबिन र कारबाही नभएको वा ‘मि–टु’ अभियानका आरोपीहरु कोही पनि दण्डित नभएको प्रसंग उल्लेख गर्दै महरा प्रकरण पनि त्यस्तै फासफुस हुने हो कि भन्ने शंका व्यक्त गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘विगतमा महिला÷दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानबिन र कारबाही भएका छैनन् । मि–टू अभियानका आरोपीहरु कोही पनि दण्डित भएका छैनन् । महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस् ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार