कल्पना थापा मगर
,गोरखा । बिहीबार सम्पन्न भएको लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा मगर चौँथो पटक लिगलिगे राजा चुनिएका छन् ।
चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिग कोटसम्मको १३.८ किलोमिटर दूरी ५७.५५ मिनेटमा पार गर्दै उनी लिगलिगे राजा बनेका हुन् । भारतीय सेनासमेत रहेका थापा मगर यस अघि तीन पटकसम्म उपाधी जितेर लिगलिगे राजा बनीसकेका थिए ।
यसवर्ष देखि थापा पालुङ्टार नगरपालिकाको सद्भावना दुत समेत बनेका छन्। पालुङ्टार नगरपालिकाको कार्यपालिकाको बैठकले लिगलिगे दौड जित्नेलाई यस वर्षदेखि सद्भावनादुत बनाउने निर्णय गरेको थियो ।
एक वर्षसम्मको लागि उनी पानपाको सद्भावनादुत बनेका छन् । दशौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गरिएको पालुङ्टार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । उनका अनुसार सद्भावना दुतले लिगलिगकोटसँगै पालुंटार नगरपालिकाको पर्यटन प्रवर्द्धनमा प्रचार(प्रसार गरी टेवा पुर्याउनु पर्नेछ ।
MANASLU TV