राजु परियार र बिष्णु माझीको स्वरमा “शुभ बिवाह” सार्वजनिक(भिडियाे सहित)

  Manaslu Post  95 पटक हेरिएको

काठमाडौं । लोकप्रिय गायक राजु परियार र चर्चित  गायिका  बिष्णु माझीको स्वरमा “शुभ विबाह” बोलको गीत सार्वजनिक भएको छ ।  मायाबाट बिछाेडिनु पर्दाकाे पिडा प्रस्तुत  गरिएको उक्त गीतमा   बाध्यताले  अर्कैलाई जीवन सुम्पिैकाे कुरा गरिएको छ । हरी शाहीको शब्द तथा संगीत रहेको उक्त गीतमा अर्जुन पोखरेलको एरेंज रहेको छ । मन बहादुर पुनले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा सिरू बिष्ट र हिमाल केसीको अभिनय रहेको छ । सिरू बिष्ट र हिमाल केसीलाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । भिडियो महेन्द्र थापाले छायाँकन गरेका हुन् भने भिडियोलाई बिकास बिसिले सम्पादन गरेका हुन् । “शुभ विबाह” बोलको गीतलाई MANASLU TV युटयुबबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार