राष्ट्रपतिबाट प्रधानमन्त्री, विशिष्ट व्यक्तिसहित सर्वसाधारणलाई टीका

  मनास्लु पाेष्ट  38 पटक हेरिएको

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइ दिएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका भएका प्रधानमन्त्री ओलीलाई बडा दशैंको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिइन् ।

उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैंको टीका लगाई दिइन् । अहिले राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन सितल निवासमा सर्वसाधारणलाई पनि टीका लगाई रहेकी छन् । यसअघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट दशैंको टीका ग्रहण गरेकी थिइन् ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार