कोठीमा बेचिएकी उषाकाे पिडा

सानो दुःखमा पनि आत्तिनेहरुका लागि उषा ठूलो प्रेरणा हुन् ।

  Manaslu Post  105 पटक हेरिएको

यो दशैँमा पनि उषा अधिकारी (नाम परिवर्तन) घर गइनन् । उनले आमा(बाबाको हातको टीका नथापेको ३० वर्ष भैसक्यो । घर नबसेको पनि त्यति नै वर्ष ।

उषालाई के दशैँ, के तिहार १ केको उल्लास १ उनी अहिले पाठेघरको क्यान्सरको औषधी खाँदैछिन् ।१४ वर्षको उमेरमा अन्तिमपटक आफ्नो बा(आमाबाट टीका थापेकी थिइन् उषाले । टीकासँगै चिरायुको आशिष पनि थापिन् । तर, त्यही वर्ष उनको जीवन नर्कमा पुग्यो ।

आर्थात उनी बम्बईको कोठीमा बेचिइन् । यौनरुपमा परिपक्व हुने उमेर नपुग्दै उषा दैनिक १५ जनाको यौन प्यास मेटाउन बाध्य भइन् । ती दिन सम्झँदा उषाले आफ्नो कर्मलाई दोष दिन्छिन् । उनीसँग त्यो बाहेक अर्को विकल्प नै के थियो र ११४ वर्षमै उषा काठमाडौं घुम्न निस्किएकी थिइन् । नेपाल आर्मीमा मामा थिए । मामासँगै आइन्, बसिन् । पहिलो पटक काठमाडौं आउँदा उनको मन खुशीले चंगा भएको थियो । चंगा भएर बानेश्वर, रत्पार्क घुमिन्, पशुपति पुगिन् । पशुपति पुगेर मामाले सिकाएझैँ गरी भगवानलाई पुकार गरिन्, ‘मलाई रक्षा गर भगवान १’

चंगा भएकी उषा काठमाडौंको कोलाहलमा एकहप्ता नपुग्दै निस्सासिइन् । घरको मायाले अटेस(मटेस भइन् । त्यसपछि मामासँग भनिन्, ‘म त घर र्फकन्छु ।’

मामाले भने, ‘केही दिन बस, म आफै पुर्‍याइदिनछु नि १’ मामाको पसल पनि थियो, काठमाडौंमा ।

उषाले टाउको हल्लाइन्, ‘एक्लै भए पनि गैहाल्छु नि १’ उषाको जिद्दीका अगाडि मामाको केही लागेन ।

मामा सबेरै नयाँ बसपार्क पुगे । गोर्खाको टिकट काटेर बस चढाइदिए ।

गाडी गुडिरहेको थियो । उषा सोचिरहेकी थिइन्, साथीहरुलाई काठमाडौंको गफ दिएको ।

झ्याप्प ब्रेक लाग्यो । कन्डक्टर भन्दै थिए, ‘नौबीसे आयो । ल खाना खान झर्नुस् ।’ उषाले एकछिन् सोचिन् । खल्ती छामिन् । र, अन्तिममा झरिन् ।

टेवलमा बस्नेवित्तिकै खाना आइपुग्यो । उनी भन्छिन्, ‘एक गाँस खाएको मात्र याद छ ।’

उनले थाहा पाउँदा, थुप्रै महिलाहरुको भीड थियो । अञ्जान भीड देखेपछि उनी बेस्करी रोइन् । झल्झल बल्ने सारी लगाएकी एक अधवैंशे महिलाले उनको नजिक आएर भनिन्, ‘यो धनकुटा हो । तिमी विरामी भएर हस्पिटल ल्याएका हौँ । पाँचरछ दिनपछि पुर्‍याइदिन्छौँ । नआत्तिकन बस ।’

उनीसँग पर्खनुको विकल्प थिएन । पर्खिरहिन् । ‘तर, त्यो हस्पिटल हो जस्तो मलाई लागेकै थिएन’, त्यो समय सम्झँदा उषाको अनुहार मलीन बन्छ ।

एकरदुई दिनपछि बल्लरबल्ल आँट जुटाएर फेरि तिनै महिलालाई सोधिन्, ‘मलाई कहिले पुर्‍याइदिनुहुन्छ रु’

जवाफ त उषाले सोच्दै नसोचेको आयो, ‘यो त बम्बईको कोठी हो । तिमीलाई बेचेर पैसा लिएर गैसक्यो । अब ऋण तिरेपछि मात्र यहाँबाट जान पाउँछौ ।’
उषाका आँखा तिर्मिराए । जताततै अँध्यारो देखिन् । दिमागले केही सोच्नै सकेन ।अहिले उनीसँग धमिलो याद छ, ‘त्यो छ महिना म न कसैसँग बोलें, न हाँसे । नदेखिने गरी रोइरहन्थें । टोलाई मात्र रहन्थें ।’

यति बोलेपछि एकछिन, उषा टोलाइन् । उनी बसेको सोफाको पछाडि झ्याल छ । झ्यालबाट बाहिर हेरिन् । त्यहाँ माइती नेपालको सुन्दर बगैंचा छ । उषा माइती नेपालमा छिन् ।

टाउको नफर्काइकनै उषा बोलिन्, ‘मलाई ६ महिनासम्म त्यस्तो काम गर्न लगाएन ।’

उषालाई उत्तिखेरै उडेर घर पुगुँजस्तो हुन्थ्यो । एक भाइ र दुई बहिनीसँग झगडा गरौँ(गरौँ लाग्थ्यो । उनले ६ महिनासम्म घरका एक(एक चिज सम्झेर कर्मलाई दोष दिइरहिन् । बम्बईको कोठी भनिएको घरको गेटमा ताला थियो ।

त्यहाँ उनीभन्दा कम उमेरका पनि थिए । कोही अलि ठूला पनि । साहुनी आएर भनिराख्थिन्, ‘त्यो मान्छेसँग जाउँ ।’

सुरुमा उनले अटेर गरिरहिन् ।

त्यहीँका मान्छेहरुबाट सुनेकी थिइन्, ‘त्यस्तो काम नगरे त जमिनमुनि हालिदिन्छन् । रडले हान्छन् । यो ठाउँ नै यस्तै हो ।’

पिटेको, चुरोटको ठुटाले पोलिदिएको देखेकी पनि थिइन् उषाले ।

छ महिना बित्दै थियो, आफ्नै कर्मलाई दोष दिइन् । र, बम्बईको कोठीमा कुमारित्व गुमाइन् । यसबाहेक उनीसँग कुनै विकल्प थिइन ।

त्यसपछि के(के गुमाइन् रु उषा सुनाउँदै छिन् । उषा सम्झन्छिन्, ‘हामी ५० जना थियौँ । सबै नेपाली ।’

कसैले बिहे गर्छु भनेर बेचेको कथा सुनाउँथे । कसैले जागिर लगाइदिन्छु भन्दै ल्याएको भन्थे । सबै नेपाली थिए, नेपाली बोल्थे । उषा भन्छिन्, ‘साहुनी पनि नेपाली थिइन् शेर्पीनी ।’

उषा दैनिक नयाँ(नयाँ ग्राहकको प्यास मेटाउन बाध्य थिइन् । कहिले रुँदै त कहिले घिनाउँदै । तर, उनले नलिएको ऋण चुक्ता गर्नै सकिनन् । तीनरतीन वर्षसम्म पनि ।

उषा अग्ली थिइन् । चटक्क मिलेको ज्यान । तीन वर्षपछि उनलाई होटेलमा पठाइयो । दुब्लो र चाउरिएको छाला खुम्च्याउँदै उषा बोल्छिन्, ‘पुरानो भयो भने भाग्दैन भनेर अग्ली, राम्रीलाई छानेर होटेलमा पठाउँदो रहेछ । मलाई साउदीको मान्छेसँग पठाएको थियो ।’

दुःखै दुःखले थिचेर हो कि १ उषा अनुहार मक्किएको छ । उत्साहहीन उषाको अनुहारमा बादल लागेको छ ।

‘होटेलमै पठाएको दिन म भागेर प्रहरीकहाँ पुगेँ’, उषाले खुइय्य सास फेरिन् । मानौँ उनी अहिले नै जञ्जिरबाट मुक्त भएकी हुन् ।

उषाले सुनेकी थिइन्, प्रहरीले पनि कोठीमै पुर्‍याउँछ रे १ उनले जता पनि डर नै डर देखेकी थिइन् । उनको मनभित्र डरको ठूलो घर बनेको थियो । बम्बईको कोठी भन्दा पनि ठूलो । त्यसैले प्रहरीसँग भनिन्, ‘मलाई बाटोमा ल्याएर अलपत्र पार्‍यो । म नेपाल जान चाहन्छु ।’

प्रहरीले हात हेर्‍यो । पत्याएन । भन्यो, ‘भन तिमीलाई के(के भयो रु हामी नेपाल नै फर्काउँछौँ ।’ अन्तिमसम्म उनले थेगेकै थिइन् । तर, एकजना प्रहरीसँग इति बृतान्त सुनाइन् ।

प्रहरीले भारतकै एक संस्थामा पुर्‍याइदियो । त्यो कुन संस्था थियो रु उषालाई अहिलेसम्म पनि थाहा छैन ।

संस्थामा उषा मात्र एक्ली नेपाली थिइन् । तर, बेदना सबैको उस्तै थियो । केही दिनपछि उनी, ‘ढोकाको गार्ड’ बसिन् ।

पाँच महिना भइसकेको थियो उनी संस्थामा टेकेको । एकदिन उनलाई भेट्नका लागि नाम लेखेर चिट अयो । उनले उषा भनेकी थिइन्, जुन सक्कली थिएन ।

हातमा चिट पर्नासाथ उनी झसंग परिन् ि। शरीर शीतांग भयो । दिमाग फर्फरायो, ‘फेरि त्यही मान्छे त लिन आएन रु’

चिट लिएर आएको मान्छेले भन्यो, ‘मनिषा कोइरालाका आमा र फुपू हुन् । डराउनुपर्दैन ।’

एकजना मात्रै नेपाली चेली छिन् भन्ने सुइँको पाएपछि उनीहरु संस्थामा पुगेका रहेछन् ।

उनीहरुले भने, ‘नेपाल र्फकन चाहनुहुन्छ कि यहीँ काम गर्नुहुन्छ रु’ उषालाई एकछिन पनि भारतको भूमिमा टेक्न मन थिएन । उनले प्रश्न नसकिँदै जवाफ फर्काइन्, ‘नेपाल जाने ।’

वर्षौंदेखि गुम्सिएको गाँठो फुकाएजस्तो भयो उषालाई ।

उषा मुसुक्क हाँस्छिन्, ‘त्यसको पाँचदिनमै नेपाल फर्किएँ ।’

उनी भैरहवाको माइती नेपालमा आएर बसिन् । तर, उनलाई कसैसँग भन्ने आँट नै आएन कि मेरो घर पुर्‍याइदेऔँ । बम्बईको कोठीले उनको आँटलाई निलिसकेको थियो ।

दुई महिनाको भैरहवा बसाइपछि उषाको काठमाडौं यात्रा शुरु भयो । उषा माइती नेपालको केन्द्रीय कार्यालयमा आइपुगिन् । उनी भन्छिन्, ‘मसहित तीनजना महिला आएका थियौँ । एकजना त्यही वर्ष । एकजना अर्को वर्ष बित्नुभयो ।’

त्यही वर्ष हो उषाले दशैँको टीका थापेको । त्यसअघिका हरेक दशैँ उनलाई दशा बन्दै आइपुगे । टीका लगाउने निधारभित्रको दिमाग चर्किरह्यो ।

त्यो वर्ष उनले माइती नेपालकी तत्कालीन अध्यक्ष अनुराधा कोइरालाका हातबाट टीका थापिन् । तर, उनले घर जाने क्षमता नै जम्मा गर्न सकिनन् । उनले चित्त बुझाइन्, ‘मेरो जिन्दगी यस्तै रहेछ ।’

उषाले माइती नेपालमै काम थालिन् । उनले बच्चाको स्याहार गर्नेदेखि, बच्चा र महिलालाई हस्पिटल पुर्‍याउनेसम्मका काम गर्थिन् ।

अर्को वर्ष उषाको पनि स्वास्थ्य परीक्षण भयो । त्यसपछिको एक वर्षसम्म नियमित परीक्षण । किन यति धेरै परीक्षण १ उनी आश्चर्यमा थिइन् ।

एक वर्षपछि माइती नेपालकी एक कर्मचारीले भनिन्, ‘तिमीलाई एचआइभी पोजटिभ भएको छ । नियमित औषधि खानुपर्छ १’

अर्कोपटक उषाले संसार कालो देखिन् ।

भर्खर(भर्खर जिन्दगीमा अलिअलि खुशी फुल्दै थियो । तर, त्यो फूललाई भारी वषरतले फ्ट्टै झारिदियो ।

उषाले फेरि आफ्नै कर्मलाई सरापिन् ।

तर, यतिबेला उनीसँग मन भुलाउनका लागि काम थियो । बच्चासँग खेल्थिन् । महिलाहरुलाई हस्पिटल लगेर केही भुलाउँथिन् । मनै त हो १ उनको मनले सोच्यो, ‘विचरा १ जन्मँदै एचआइभी संक्रमित भएर जन्मिएका बच्चाहरु छन् । मेरो त मन दुख्छ, यिनीहरुको के दुख्ने रु यी कलिला बच्चाहरुको सहारा को छ र १’

उषा भन्छिन्, ‘बच्चा र मजस्तै महिलाहरु देखेर चित्त बुझाएँ ।’ जिन्दगी बाँच्न भनेकै चित्त बुझाउनु त हो । जीवनको आरोह अवरोहसँग सम्झौता गर्नु त हो ।एकदिन उषा एचआइभी संक्रमित बच्चाहरु लिएर कान्ति बाल अस्पताल पुगेकी थिइन् । उनलाई यसरी अस्पताल पुग्नु कुनै नौलो कुरा थिएन । तर, त्यस दिन साँच्चिकै नौलो भइदियो ।

एकजना चिच्याएको आवाज सुनिन्, ‘दिदी‘।।’ पहिले त उषाले चिनिनन् । जब सानीमाकी छोरी भन्ने थाहा पाइन्, दुबैजना भक्कानिए । एकछिनपछि छुटे ।

एकदिन माइती नेपालमा फोन आयो । फोनमा बोल्दै थिए, ‘घर आउनुपर्‍यो । हजुरआमाले मेरी नातिनी ल्याइदे अनि मात्र मर्छु भन्नुभएको छ ।’

तिनै हजुरआमा हुन्, जसको काखमा उषा हुर्किएकी थिइन् ।

उषा १० वर्षपछि घर फिरिन् । आफ्नो उपस्थितिले बा(आमाको मुहारमा खुशीको झिल्को देखेकी थिइन् उषाले । मृत्यु पर्खेर बसेकी हजुआमाको अनुहारमा त चमकको जादु छाएको थियो । बिजुली चम्किए जसरी ।

तर, उषा समाजका प्रश्नहरुले टिक्न सकिनन् । दुई दिनमै माइती नेपाल आइपुगिन् । आमाले पनि भन्न सकिनन् कि छोरी धेरै दुःख पायौ, अब घरमै बस ।

त्यसपछि हजुरआमा त रहिनन् । उषा पनि दशैँमा टीका लगाउन घर फर्किनन् । उषा भन्छिन्, ‘घरमा त्यस्तै ३र४ पटक गएँ हुँला ।’

उषा अहिले ४४ वर्षको उमेरमा दौडँदै छिन् । अहिले पनि एचआइभीको औषधी खाइरहेकी छिन् । तर, दुई वर्षदेखि पाठेघरको क्यान्सरको पनि औषधी थपिएको छ ।

‘जीवनमा खुशी कस्तो हुन्छ भेट्टाउनै सकिनँ । तर, दुःखै दुःख पाएपछि दुःखजस्तो लाग्दो रहेनछ’, उषाले आफ्नो जीवनको समीक्षा गरिन् ।

यसपालिको दशैँ पक्कै पनि उषाका लागि निस्सार भयो ।

‘मैले अनुराधा दिज्यूकै हातबाट टीका लगाएँ । जन्म दिने आमा टाढा भए पनि कर्म दिने आमा उहाँ नै हो’, उषा मन बलियो पार्छिन्, ‘उहाँ नै हो मलाई नर्कबाट स्वर्गमा लिएर आउने । उहाँका हातको टीका कहिल्यै छुटाएको छैन ।’

उषाको जिन्दगीलाई अकल्पनीय दुःखले थिलोथिलो पार्‍यो । र, पनि उनी हाँसेरै भन्छिन्, ‘मलाई ठीकै छ । खुशी नै छु ।’

सानो दुःखमा पनि आत्तिनेहरुका लागि उषा ठूलो प्रेरणा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार