मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या, छोरा घाइते

  मनास्लु पाेष्ट  96 पटक हेरिएको

सिन्धुली । गोलन्जोर गाउँपालिका – ६, नाकाजोलीका ५० वर्षीय टेक बहादुर मर्साङ्गीले मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या गरेका छन । बिहिबार राती कोठामा सुतिरहेका श्रीमती, छोरी र छोराको कोठामा गई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली लागी श्रीमती ४५ वर्षीया किरण मस्र्याङगी र १७ वर्षीया छोरी प्रेमसु मस्र्याङगीको घटनास्थलमै मृत्यु भएको छ । श्रीमतीको घाँटीमा र छोरीको कनचटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।

उनका अनुसार छोरा १९ वर्षीय कृष्ण मस्र्याङगी घाइते भएका छन् । छोरालाई पनि गोली हानेको र गोली नलागेपछि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट कृष्णको बायाँ हातमा गम्भिर चोट लागेको छ । उनको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि शुक्रबार काठमाडौँ रिफर गरिएको अस्पतालले जनाएको छ ।

टेक बहादुरलाई विहिबार राती नै प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै खबर पाएको प्रहरीले घटनास्थल तथा टेक बहादुरको घरबाट भरुवा बन्दुक, खुकुरी, भरुवा बन्दुकमा लाग्ने पहेंलो प्लाष्टिकको पोका भित्र विभिन्न साईजको धातुको ४०, ५० वटा टुक्रा डिकोल र डाबर लेखिएको बट्टाभित्र कालो पदार्थ र सेतो बट्टामा १९ वटा फलामको टुक्रा, लाईटर एक थान, तिर लेखेको १४ वटा सलाईको बट्टा नियन्त्रणमा लिएको सिंहले बताए ।

मदिरा सेवन गरेर घरमा आएका उनले श्रीमतीसँग सामान्य विवाद गरेको र श्रीमती छोराछोरी सुतिसकेपछि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको सिंहले बताए । मृतक आमाछोरीको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । मृतकका एक छोरा विदेशबाट फर्कदै गरेकाले पोष्टमार्टम गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार