काभ्रेमा मिनिट्रक दुर्घटनाः तीन को मृत्यु, ३१ जना घाईते

  मनास्लु पाेष्ट  61 पटक हेरिएको

काभे् असोज २४ गते । काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ साझाकोटमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भने ३१ जना घाईते भएका छन ।
रोसी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धनजीत लामाले दुई जनाको घट्नास्थलमा र एक जनाको उपचारका लागि ल्याउने क्रममा बाटो मै मृत्यु भएको बताएकाछन । जिल्लाको बिकट महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको महेन्द्र निसान दुर्घटना भएको थियो । उक्त हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजीत लामाले बताएका छन् । उक्त ट्रकमा दसैं मनाएर फर्कने यात्रु हुन रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले घट्ना जानकारी पुरै नआएकाले यती नै क्षति भयो भन्न नसकिने बताए । प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी पठाइ सकेको छौँ । एम्बुलेन्स र उद्धार सामग्री सहित प्रहरी घटनास्थलमा गइसकेको उनेले बताए । कच्ची सडक तीव्र गतीका कारण दुर्घटना भएको अनुमान गरिएको गिरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार