भोटखोलाबाट ५ किलो सुन सहित एक पक्राउ

  मनास्लु पाेष्ट  85 पटक हेरिएको

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका बाट ५ किलोग्राम सुन सहित एक जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ । भोटेको साथबाट सुन सहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद भएको बताइएको छ । तर पक्राउ परेका भोटे र सुनको बारेमा संखुवासभा प्रहरी केही बोल्न चाहेको छैन ।

भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद फेला पारेको स्रोतको भनाइ छ । पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउदै गरेको बुझिएको छ । बरामद भएको सुन चिन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुलेको छैन ।

यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नु पर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो । भोटे सोमबार पक्राउ परेको स्रोतले बताएको छ । भोटेखोला –२ लिङगमबाट तिन दिनको पैदल दुरीमा पर्छ । सुन सहित पक्राउ परेका भोटेलाई लिन जिल्ला प्रहरी कार्यालयबाट एक टोलि त्यस तर्फ गएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार