सामाजिक सञ्जालमा भाइरल तरकारीवाली रोमान्समा रमाउदै

  मनास्लु पाेष्ट  81 पटक हेरिएको

काठमाडौं । तरकारीवालीको रुपमा सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।

भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् ।

लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, बिकाश चौधरीको संगीत रहेको छ । गीतमा बिकाश चौधरी र चन्दा घिसिङको स्वर छ । बिक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।

भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार