गृहमन्त्री निधिले दिए राजीनामा

  Manaslu Post  717 पटक हेरिएको

काठमाडौं, १७ वैशाखउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । सरकारले आइतवार आज प्रधानन्याधिश सुशिला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट भएर राजीनामा दिएको बताइएपनि भित्रि कुरा भने अर्कौ छ । गृहमन्त्री निधिको राजीनामा भित्रि कुरा सरकारको दोस्रो वरियताको हो । गृहमन्त्री निधि निकटकाहरुले प्रधानन्यायाधिसको महाअभियोगको विषयलाई प्रचार गरेपनि भित्रि कुरा त्यस्तो नभएको कांग्रेसका एक नेताले मनास्लु पोष्टलाई बताए ।

देशको ठुलो शक्ति कांग्रेस भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि दोस्रो वरियतामा आफुलाई बनाउनुपर्ने निधिको माग थियो । तर निधिलाई आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नै असहयोग गरे । देउवाको सहमतिपछि प्रचण्डले दोस्रो वरियतामा राप्रपाका अध्यक्ष तथा स्थानीय विकासमन्त्री कमल थापालाई थमाईदिए । चैत २८ गते दोस्रो वरियता थापालाई बनाएपछि निधिले प्रधानमन्त्री प्रचण्डसँग भनेका थिए, ‘वरीयताको विषय अब मेरा लागि प्रतिष्ठाको विषय भइसक्यो । म कमल थापाको पछाडि बस्न सक्दिनँ र अब क्याबिनेटमा पनि जान्नँ, राजीनामा दिन्छु ।’वरियता विवादपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिने मनस्थितिसमेत बनाएका थिए । तर, कांग्रेस सभापति देउवाको आग्रहमा उनले राजीनामा नदिने मनस्थिति बनाएका थिए । स्थानीय निर्वाचनको मुखमा राजीनामा दिँदा गलत सन्देश जाने र निर्वाचनपछिको सत्ता समीकरणमा समस्यासमेत हुन सक्ने भन्दै गृहमन्त्री निधिलाई राजीनामा दिन देउवाले रोका थिए । निधिले केहि समय क्याविनेटमा समेत उपस्थित भएनन् । वरियता विवाददेखि नै कांग्रेसका केहि नेता र सभापति देउवासँग निधि रुष्ट रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार