आठ केजीको काँक्रो

  Manaslu Post  607 पटक हेरिएको

सिञ्जा, कात्तिक ७ गते । यहाँको एक किसानको वारीमा आठ केजीको एउटा काँक्रो फलेको छ । सिञ्जा कनकासुन्दरी गाउँपालिका वडा नं ८ भण्डारीवाडाका किसान जुना भण्डारीको वारीमा आठ केजीको काँक्रो फलेको हो । भण्डारीले कनकासुन्दरी गाउँपालिका कृषि शाखाबाट ल्याएको बीऊ लगाएपछि अरु थप ५०÷६० वटा ठूला काँक्रा फलेका छन् ।

गत बर्षहरुमा साना साना काँक्रा फल्थे, अहिले भने बीउ परिवर्तन भएपछि निकै ठूला काँक्रा उत्पादन भएका र आफूलाई अच्चम लागेको उहाँले बताउनुभयो । अर्को एक काँक्रो त अझै १० केजी बराबरको फलेको उहाँले जनाउनुभयो । सो काँक्रा झुलले थेग्न नसकेपछि वारीमै खसेर फुटेको खड्कबहादुर भण्डारीले बताउनुभयो । किसान भण्डारीले घरमा पाँचदेखि आठ केजीका करिब ५०÷६० काँक्रा उत्पादन भएको र बाटो हिंड्नेले समेत किन्ने गरेको जनाउनुभयो ।

आफूले उत्पादन गरेको काँक्रो बाहिरबाट कोही गएपछि देखाउन किसान भण्डारीको परिवार चासो देखाउँछ । जिल्लातिर कृषि कार्यालयले स्याउ, आलु र काँक्रोको पनि प्रदर्शन गरी किसानलाई पुरस्कार दिन्छ भन्ने सुनेको छु । तर हामी दुर्गममा भएकाले सो अवसर पाएका छैनौ, किसान जुना भण्डारीले भन्नुभयो । अर्को बर्ष पुरै वारीभरी सो बीउको रोप्ने योजना उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार