चाैध वटा हिमाल सात महिनामै आरोहण गरेर रेकर्ड राखे निर्मल पुर्जाले

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  321 पटक हेरिएको

नेपाली पर्वतारोही तथा पूर्व बेलायती जलसेना अधिकारी निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामै आरोहण गरेर रेकर्ड राखेका छन्।

सोमबार चीनको शिशिपाङ्मा हिमाल आरोहण गरेपछि उनले १४ हिमालको रेकर्ड पूरा गरेको बिबिसीले जनाएको छ।

यसअघि पोल्यान्डका आरोही जर्जी कुकुजाले सन् १९८७ मा यी सबै हिमाल आरोहण गरेका थिए। उनको रेकर्ड आठ वर्षको थियो।

छत्तीस वर्षीय निर्मल सन् २००३ मा बेलायती सेना भर्ती भएका हुन्। उनी सन् २००९ मा जलसेनामा आबद्ध भएका थिए।

नले यही अप्रिल महिनामा नेपालबाट आफ्नो अभियान सुरू गरेका हुन्। त्यसलगत्तै मे महिनामा सगरमाथा आरोहण गरेका थिए।

उनको आरोहण गरेका हिमाल यी हुन्स्

नेपाल
अन्नपूर्ण
धवलागिरी
कञ्चनजंघा
सगरमाथा
ल्होत्से
मकाल
मनासलु

पाकिस्तान
नांगा पर्वत
गासबु्रम एक
गासब्रुम दुइ
के–टू
ब्रोड पि

चीन
चो यू
शिशिपाङ्मा

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार