नेपाली सांगीतिक आकासमा एक बहुप्रतिभाशाली रचनाकार,संगीतकार,एरेन्जर एवं सुरिला स्वरका धनि हुन झविन्द्र थापा मगर । २०६८मा कलेक्सन सुगम संगीत रेर्कडिङ गरि नेपाली संगीत क्षेत्रमा उडाएका झविन्द्रले एक दर्जन भन्दा बढि गीतहरुमा रचना संगीत र स्वर दिइसकेका छन ।
खिङजी ७ अर्घाखाँचीमा जन्मिएका झविन्द्र थापा मगरले सानै उमेरमै स्कुल गाउँघर र अर्घाखाचीको विभिन्न ठाउको स्टेज कार्यक्रममा मिठासपुर्ण ढङ्गले गीत गुञ्जाउथे । यसले गर्दा स्टेजमा सबैको आर्कषणको क्रेन्द्रविन्दु बन्थे यहि सबैको माया वाहा वाहाले गर्दा उनि आज बहुप्रतिभाको रुपमा नेपाली संगीत प्रेमीको माझमा आफ्नो पहिचान बनाउन सफल भएका छन ।
संगीतको दँुनियामा उनले तिमलाई बिर्सेन आधुनिक गीतमा संगीत र स्वर ,पाइन विदा दशै दोहोरी शव्द, स्वर,तिम्रो दिलमा आधुनिक गीतमा रचना संगीत,एरेन्ज र स्वर दिएका झविन्द्र थापा मगरकोे बिन्दु परियार सँग गाएको आधुनिक गीत जिउने आधार आफ्नै रचना संगीतमा बजारमा ल्याएका छन ।
उनका रचना संगीत,एरेन्ज र स्वरमा देशभक्ति गीत विर नेपाली र सुगम संगीत संसार जित्ने बजारमा ल्याउने तयारीमा रहेका झविन्दलाई मेलिना राईले स्वरमा साथ दिएकी छिन भने आजभोली उनि देशको विभिन्न ठाउको कार्यक्रममा सहभागी जनाउदै छन ।