करबाकेलीबाबा संरक्षण समितिका संरक्षक चाम बहादुर पुनद्वारा आरोही निर्मल पुर्जालाई बधाई

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  102 पटक हेरिएको

काठमाडाै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका आरोही निर्मल पुर्जाले हिमाल चढ्ने विश्व कीर्तिमान बनाएका छन् । म्याग्दी निवासी पुर्जाले ८ हजारभन्दा अग्लो विश्वभरिका १४ हिमाल चढेर कीर्तिमान बनाएका हुन् ।

उनले सोमबार चीनको तिब्बतस्थित सिसापङ्गा हिमालको चुचुरो चुमेर ७ महिनाभित्र विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान बनाए ।

गत महिना १ सय ५७ दिनमा विश्वका १३ वटा ८ हजारभन्दा अग्ला हिमालको आरोहण गरेका पुर्जालाई चीनको तिब्बतस्थित सिसापङ्गा हिमाल चढ्न सुरूमा चीन सरकारले अनुमति दिएको थिएन। यस विषयमा बिएल नेपाली सेवाले समाचार बनाएको थियो ।

पछि नेपाल सरकारको प्रयत्नका कारण पुर्जाले सिसापङ्गा चढ्ने अनुमति पाएका थिए ।

पूर्व बेलायती सैनिकसमेत रहेका पुर्जाले अप्रिल २३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण, मे १२ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी, मे १५ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, मे २२ मा ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै मे २४ मा ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरेका थिए ।

मकालुपछि पुर्जाले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु, तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गरेका थिए ।

८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा हिमाल आरोहणका लागि चीनले रोक लगाएको थियो। ‘प्रोजेक्ट पोसिबल’ का लागि पुर्जा १४ अग्ला हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान बनाउन लागेका थिए ।

पर्यटन व्यवसायी राजेन्द्र लामाका अनुसार पुर्जाले यो हिमाल आरोहण गरेका कारण सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश जानेछ ।

सन् १९५३ मा नेपालका तेन्जिङ शेर्पाले न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीसँग मिलेर पहिले पल्ट विश्वको सर्वोच्च हिमाल सगरमाथाको आरोहण गरेका थिए ।

उनले मासिक १४ लाखको जागिर छोडेर आरोहण सुरु गरेका थिए । ३६ वर्षीय पुर्जा गत मार्चमा बेलायती सेनाको जागिर छोडेर हिमाल आरोहणमा होम्मिएका थिए। उनले बेलायती सेनामा कार्यरत रहँदा ‘एमबिई’ अवार्ड पनि पाएका थिए ।

उनको सफल आरोहणपछि सबै क्षेत्रका मानिसले शुभकामना र बधाई दिएका छन् ।

यसैबीच करवाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउँपालिका-८ म्याग्दीका संरक्षक चाम बहादुर पुनले निर्मल पुर्जा पुनको १४ वटै ८ हजार माथिका हिमालको सफल आरोहण गरेकोमा बधाइ तथा शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार