कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जलाइयाे फोटो

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  61 पटक हेरिएको

महेन्द्रनगर । दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई भारतले आफ्नो देशको नक्सामा समेटेर नक्सा बनाएपछि त्यसको विरोध कञ्चनपुरमा प्रर्दर्शन भएको छ ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि कञ्चनपुरमा युवाहरु विरोधमा उत्रिएका छन् । दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर नेपालको भूमि अतिक्रमण गरेको भन्दै नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरुले बुधवार जिल्ला सदरमुकाम महेन्द्रनगरमा र्याली समेत निकालेका छन् ।

बुधबार साँझ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका युवा र विद्यार्थीहरुले प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् । उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद, लिपुलेक कालापानी हाम्रो हो, भन्दै नाराबाजीसमेत गरेका थिए ।

नेपाली भूमि भारतले मिचेर राष्ट्रियताको सवालमा गभ्भिर चिन्ह खडा गर्दा पनि सरकारले आफ्नो धारणा सार्वजनिक नगर्नु आपत्तिजनक रहेको बताउँदै सत्तापक्ष नेकपाका भातृ संगठनका युवा विद्यार्थी नेताले सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने माग गरे । भारतले आफ्नो नक्सामा नेपाली भूमी राखेर राष्ट्रियतामाथी गम्भिर प्रश्न खडा गरेको छ त्यसैको बिरोधमा सांकेतिक रुपमा बिरोध गरिएको युवा संघका केन्द्रीय सदस्य रामभन्द्र रेग्मीले बताए ।

प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसमेत दहन गरेका छन् । नेपालको भूमी अतिक्रमणकारी भन्दै भारतीय प्रधानमन्त्री मोदीको फोटो दहन गरेका हुन् ।

अतिक्रमित भूमि फिर्ता गरी भारतले नक्सा सच्याउनुपर्ने माग अघि सारेका छन । भारतले नेपाल प्रति हेपाह प्रवृति देखाएको बताउँदै अतिक्रमित भूमी फिर्ता नहुँदसम्म आन्दोलन जारी राख्ने युवा संगठनका केन्द्रीय सदस्य रेग्मीले बताए । आफ्नो पार्टी सरकारमा भएपनि राष्ट्र, राष्ट्रियता र मातृभूमीका लागि जस्तोसुकै संघर्ष गर्ने पनिपछि नपर्ने नेकपाका युवा र विद्यार्थीले घोषणा गरेका छन् । सरकारले यस बारे यथाशिघ्र कुटनीतिक पहल गरेर भएपनि आफ्नो भूमि फिर्ता गराउनुपर्ने माग अघि सारेका छन् ।

प्ले कार्ड बोकेर सत्तापक्ष तथा विपक्षका भातृ संगठनहरु संयुक्त रुपमा महेन्द्रनगरमा र्याली निकालेका थिए । महेन्द्रनगर बजार परिक्रम गरेको र्याली मदन चोकमा गएर कोण सभामा परिणत भएको थियो ।

सुगौली संन्धी अनुसार नेपाल भारत बीचको पश्चिमी सिमाना महाकाली नदी हो जस्को बहाव बिज्ञहरूका अनुसार लिम्पियाघुराबाट सुरू हुन्छ । तसर्थ सो भूभाग उत्तरपश्चिमी सिमानामा पर्छ भने त्यसको पूर्ब तर्फका लीपुलेक र कालापानी नेपाली भूभाग रहेको बिज्ञहरु बताउछन ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार