वीरगञ्ज शहर नेपाली चलचित्रले झकीझकाउ, राष्ट्रपति भण्डारीद्धारा महोत्सब उद्घाटन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  101 पटक हेरिएको

वीरगञ्ज । भारतीय सिनेमाको बाहुल्यता रहेको प्रदेश २ को वीरगञ्ज शहर यतीबेला नेपाली चलचित्रमय भएको छ । शहरका सडक किनारमा नेपाली चलचित्रका कलाकारका ठुला ठुला होडिङ बोर्डहरु राखिएका छन् । नेपाली चलचित्रका कलाकारदेखि निर्माता, निर्देशक, सँगीतकर्मी, प्राविधिकसम्म अहिले वीरगञ्जमा छन् ।

पुराना नयाँ सिनेकर्मीको जमघट

बिहिबारबाट सुरु भएको नेपाली चलचित्र स्वर्णीम महोत्सब २०७६ का कारण यतीबेला वीरगञ्ज चलचित्रमय भएको छ । नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको यो महोत्सब २१ कात्तिकबाट २३ कात्तिकसम्म ३ दिन चल्ने छ ।

नेपाली चलचित्रका संस्थापक पुस्ताका भुवन चन्द, बसुन्धरा भुसाल, नीर शाह, त्यसपछिका पुस्ताका शिब श्रेष्ठ, भुवन केसी, हरिबँश आचार्य, शम्भुजीत बासकोटा, कृष्ण मल्ल, रमेश बुढाथोकी, सुनिल थापादेखि पछिल्ला पुस्ताका निरुचा सिंह, झरना थापा, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, निता ढुँगानासम्मका थुप्रै कलाकारहरु अहिले बीरगञ्जमा छन् ।
बलिउड अभिनेता गोविन्दा पनि वीरगञ्जमा छन् । गोविन्दाले त बिहिबार बेलुका आदर्शनगर स्थित रँगशालामा आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्दा दर्शक समेत नाच्न पछि परेनन् । उनलाई हेर्नेहरुको भिड रँगशालामा निकै ठुलो थियो ।

-यालीसँगै महोत्सब सुरु

‘तराई पहाड हिमालको उत्सब नेपाली चलचित्र स्वर्णिम महोत्सव’ लेखिएको व्यानर सहित बिहिबार बिहान महोत्सबको ¥याली बीरगञ्जको घन्टाघरबाट कार्यक्रमस्थल आदर्शनगरको रंगशालासम्म पुगेको थियो । -यालीमा नेपाली चलचित्रका प्रमुख कलाकारदेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित विभिन्न राजनीतिज्ञहरु समेत थिए । ¥यालीको क्रममा कलाकारहरुले विभिन्न झाँकी निकालेका थिए ।

राष्ट्रपति भण्डारीद्धारा महोत्सब उद्घाटन

राष्ट्रपति विधादेवी भण्डारीले नेपाली चलचित्र स्वर्णिम महोत्सब २०७६ को उद्घाटन गरेकी छिन् । नेपाली चलचित्रको ५० औं बर्ष पूरा भएको अवसरमा वीरगन्जमा नेपाली चलचित्र स्वर्णीम महोत्सव सुरु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि भण्डारीले नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका २ ब्यक्ति बरिष्ट छायाँकार बैकुन्ठमान मास्के र बरिष्ट नेपाली चलचित्र सम्पादक तिर्थलाल श्रेष्ठलाई निर्माता संघका तर्फबाट सम्मान गरिन् ।

राष्ट्रिपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफैमा अनुपम प्राकृतिक चलचित्र नगरी भएको बताइन् । यो मनोरम नगरीमा छायाँकन स्टुडियो निर्माण गरी अन्तराष्ट्रिय क्षेत्रलाई पनि आकर्षित गर्न सक्नु पर्छ, ‘यहाँको प्राकृतिक, सांस्कृतिक र भौगोलिक वैभवतालाई अधिकत सदुपयोग गर्दै अन्तराष्ट्रिय जगतलाई आकर्षित गर्ने गरी चलचित्र छायाँकन गन्तव्यका रुपमा नेपाललाई प्रबद्र्धन गर्नुपर्छ ।’ उनले भनिन् ।

मुलुकमा लोकतन्त्रको उदय र उदार समाजको विकास भएसँगै विभिन्न जातजाती, भाषाभाषी र भेषभूषालाई प्रबद्र्धन गर्न चलचित्रले महत्वपूर्ण काम गरिरहेको भए पनि यसलाई अझ उचाइमा पु¥याउन कलाकर्मीले अझ अग्रसर हुनुपर्छ उनको सुझाव छ । चलचित्रमा प्रत्यक्ष रुपमा प्रकट हुने कला साहित्य र संगितको माध्यमबाट सांस्कृतिक विविधता बीच एकताको कडी मजबुत हुने हुँदा अझ नेपाली समाजको विविध पक्षको सुन्दर यर्थाथ मालालाई विश्वसामु प्रदर्शित गर्न हाम्रा कला संस्कृति र मौलिक यर्थाथलाई अझ सबैले प्रवर्धन गर्नु पर्छ राष्ट्रपति भण्डारीले भनिन् ।

अब मौलिक चलचित्र बन्नुपर्छ : सञ्चारमन्त्री

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्र गोकुल बासकोटाले नेपाली चलचित्रको विकास र विस्तारमा यो महोत्सबले निकै ठुलो अर्थ राख्ने बताए । उनले अब नेपाली चलचित्रहरु मौलिक र आफ्ना बन्नुपर्नेमा जोडदिए । नेपालका शाहसिक योद्दा, बीर सपूत, सहिद तथा विभिन्न सफल व्यक्तिहरुको जीनममा पनि चलचित्र बनाउन उनले सुझाब दिए । मन्त्री बासकोटाले अब नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पु-याउनु पर्ने बताए ।

यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा होनहार कलाकरा भएर पनि हामीहरु बलिउडका फिल्मबाट अतिक्रमित भएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे । अब नेपालका उद्योगपतिहरुले राम्रा नेपाली चलचित्रमा लगानी गरेर नेपालमा हाम्रा र राम्रा चलचित्रसँगै नेपाली कला संस्कृतिलाई उत्थान गर्नु पर्छ भन्ने आह्वान गरे ।

निर्देशक अध्यक्ष आकाश अधिकारले हिमाल पहाड र तराईलाई सिनेमाको माध्यमबाट जोड्न आफुहरुले पहिलोपटक तराई (बीरगञ्ज)मा यो महोत्सब आयोजना गरेको बताए । नेपाली चलचित्रले ५० वर्ष नाघेको अबसरमा गरिएको यो महोत्सबमा राष्ट्रपतिको उपस्थितिले आफुहरुको हौसला अझ बुलन्द भएको पनि उनले बताए ।

यस्तै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले वीरगञ्जमा यती भव्य चलचित्र महोत्सब सबैको मेहनतमा आयोजनाहुँदा वीरगञ्जवासी गौरवान्वित भएको बताए ।
यो महोत्सबको उद्घाटन सत्रपछि बिहिबार साँझ विविध साँस्कृतिक कार्यक्रमहरु भएका थियो । कार्यक्रममा बलिउड अभिनेता गोविन्दा देखि नेपाली चलचित्रका अभिनेता अभिनेत्रीको नृत्यमा दर्शक रमाए । स्थानीय कलाकारहरुको नृत्यपनि बेजोड थियो । सो साँझमा नृत्यसँग विभिन्न कलाकारले गीत पनि प्रस्तुत गरे ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार