भारतीय दादागिरीका विरुद्ध राष्ट्रिय स्वाधिनताको अन्तिम लडाई लड्न एक जुट हौँ भन्दै राष्ट्रवादी केन्द्र नेपालले निकाल्यो प्रेस विज्ञप्ति

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  261 पटक हेरिएको

तीन सय साठी वर्ष अङ्ग्रेजको गुलाम भएर स्वतन्त्र भएको भारतले विगत ६ दशकदेखि दादागिरी शैलीमा नेपालको सार्वभौम भूभाग हडप्दै आएकोमा गत शनिबार एकतर्फि आफ्नो सीमाभित्र पारी लिपु–लेक कालापानीदेखि लिम्पियाधुरा सम्मका भूभाग समेटेर सार्वजनिक गरेको नक्सा प्रति राष्ट्रवादी केन्द्र नेपालले घोर आपत्ति जनाउँदै खारेजीको माग सहित प्रेस विज्ञप्ति जारी गरेको छ । कालापानीदेखि लिम्पियाधुरा सम्मको भूभाग नेपालको हो भन्ने प्रमाण नापी विभागको पुरानो नक्सा र २०१८ सालको जनगणनाबाट पुष्टि भैसक्दा पनि यो सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राज्यमाथीको हमला असह्य छ भनिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ “दार्चुलाको व्यास गाउँमा पर्ने नेपालको सार्वभौम भू–भाग लिपु–लेक कालापानीदेखि लिम्पियाधुरा सम्मको ३७२ वर्गकिलोमिटर जमिन भारतले गत २०७६ कार्तिक १६ गते शनिबार नाङ्गो राजनीतिक दादागिरीको आडमा नेपालको भू–भाग आफ्नो देशको नक्सामा गाभी सार्वजनिक गरिएको नक्सा प्रति राष्ट्रवादी केन्द्र नेपालको गम्भीर ध्यानकर्षण भएको छ । सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार सिमा निर्धारित गरिएको नेपाली भूमी आफ्नो नक्सामा देखाएर नेपालको भूगोल, राजनीति, अर्थतन्त्र र सभ्यता माथी हुने पटक– पटकको हस्तक्षेप पूनःउच्चदादागिरी शैलीमा ल्याई हाम्रो जमिन अतिक्रमण गरिएको प्रति राष्ट्रवादी केन्द्र नेपाल घोर विरोध तथा भत्र्सना गर्दछ ।” तत्काल दादागिरी शैलीमा ल्याएको हस्तक्षेपकारी नक्सा खारेज गरोस् । अन्यथा राष्ट्रवादी केन्द्र नेपालले अन्तिम पटक राष्ट्रिय स्वाधिनताको आन्दोलनको नेतृत्व गर्नेछ ।
सन् १९६२ मा चीनसँगको युद्धमा नेपालको कालापानी अतिक्रमण गरी स्थायी रुपमा खडा गरिएको शैन्य शिविर आज सम्मका सरकारले हटाउन नसक्नु नै कमजोरी रहेको उल्लेख गर्दै भनिएको छ “नेपाल सरकारले सीमा विवाद समाधानका लागी जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायको नेतृत्वमा पाँच सदस्यीय सिमाविज्ञ र कूटनीतिज्ञको टोली गठन गरिएकोमा उक्त टोलीले लिपु–लेक कालापानीदेखि लिम्पियाधुरा सम्मको भूभाग नेपालको दाबी पुष्टि हुने प्रमाण सहित प्रतिवेदन नेपाल सरकारलाई बुझाउँदा पनि सरकार राष्ट्रिय स्वाधिनताप्रति जिम्मेवार नभएको हुँदा भारतको यस दादागिरी, हस्तक्षेपकारी, साम्राज्यवादी र अन्तर्राष्ट्रिय पञ्चशील सिद्धान्तको अवमूल्यन प्रति सम्पूर्ण देशभक्त राष्ट्रवादी नागरिकहरु एक हुन हार्दिक अपिल गर्दछ ।”
यो नाङ्गो हस्तक्षेप र दादागिरीका विरुद्ध भोलीदेखि नै राष्ट्रवादी केन्द्र नेपालको उच्च निकाय केन्द्रीय महासमिति, केन्द्रीय समिति, केन्द्रीय परिषद्, सबै जिल्ला समिति, महानगर, नगर, वडा र चौबिस वटा भातृसङ्गठन मार्फत घरदैलोमा गई राष्ट्रिय स्वाधिनताको आन्दोलन निर्णायक बिन्दुमा पु¥याउनका लागी आम देशभक्त राष्ट्रवादी नागरिकहरुलाई सङ्गठित गर्ने जनाएको छ । साथै राष्ट्रवादी केन्द्र नेपालका सम्पूर्ण जिम्मेवार नेतृत्व, शुभेक्षुक, सहयोगीहरुलाई हस्तक्षेपकारी दादागिरी रबैयाको विरुद्ध नेतृत्व गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार