भोलिदेखि उम्मेद्वारलाई आचारसंहिता लाग्ने

  मनास्लु पोष्ट  629 पटक हेरिएको

काठमाडौं, बैशाख १८– निर्वाचन आयोगले मंगलबारको लागि तय गरिएको उम्मेदवारी दर्ता कार्यक्रमकोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।वैशाख ३१ गते तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहका लागि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय निर्वाचन जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्ने महत्वपूर्ण अवसर भएको भन्दै निर्वाचनलाई पर्वका रूमा लिएर उत्साहका साथ उम्मेदवारी दर्ता गराउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग अनुरोध गरे ।

उनले आयोगका पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले भन्दै सबै मतदाता र राजनीतिक दलहरुलाई मनोनयन दर्ता गराउन समेत आह्वान गरे ।

यसैबीच भोलिदेखि नै उम्मेद्वारहरुलाई आचार संहिता लाग्ने भएको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने यादवले बताए । उनले उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्दा मर्यादित भएर गर्ने विश्वास व्यक्त गर्दै भने, ‘घर छेउकै छिमेकी र तपाई फरक दलबाट उम्मेदवार बन्न सक्नुहुन्छ, त्यस्तो बेला तपाईहरुले सामाजिक मान, मर्यादालाई पक्कै पनि बिर्सनु हुने छैन । प्रचार–प्रसारको क्रममा विशेष गरी महिला, दलित र अल्पसङ्ख्यकको मान मर्यादाप्रति अलिकति पनि आँच पुग्ने कार्य आयोगलाई सह्य हुने छैन । राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबाट आचारसंहिताको पूर्ण पालना हुने छ भन्ने आयोगले विश्वास लिएको छ ।’

यादवले निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको भन्दै भोलि हुने मनोनयनले निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का, द्विविधा र हल्लाहरु आफैं हटेर जाने जाने दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार