मनास्लु पोष्ट । प्राकृतिक सौन्र्दयताले भरिपुर्ण देविस्थान ६ बाग्लुङमा जन्मिएकी मन्धमुग्ध पृथक सुरिलो स्वरको धनि लोक गायिका हुन सरिता छन्त्याल ।
सानै उमेरदेखि गायन कलामा निपुर्ण उनि बाग्लुङमा हुने प्राय कार्यक्रमहरुमा छुट्टदैनथिइन। मौलिक लोक संगीतलाइ पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी सरिता छन्त्यालले किन गर्छौ तिमले विश्वास घात दोहोरी गीतवाट औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेकी थिइन ।
देशका विभिन्न ठाउँको कार्यक्रमहरुमा आफ्नो गायन कला प्रस्तुत गरिसकेकि सरिता छन्त्यालले म हराउछु उनको वानीमा,तिम्रो रुखो
वचनले मुटु दुख्याछ, छन्त्याल बाउको छोरी,तिम्रै नाम मुुटु कलेजोमा कोर्दै छु ,अनलाइनमा आउन मेरो सानु,तिमी जुन हौ तिमीनै आखाँमा, गन्तव्यमा पुग्न नपाउदै,मेरो दिलमा छौ सानू,झल्को रोधी घरको मौलिक लोक गीत हरु बजारमा ल्याइ सकेकी छिन ।
बाचून्जेल मौलिक लोक संगीतमै निरन्तरता दिने सोच बनाएकी सरिता छन्त्याल विभिन्न संघ सस्थावाट सम्मानित भइसकेकिछिन भने उनले छिटै नयाँ गीत वजारमा ल्याउने तर्खमा रहेकी छिन ।