संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित अवस्थामा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो। महाअभियोग प्रस्ताव संविधानको मर्म र भावनाअनुकूल नभएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा समेत अन्तरिम आदेश जारी गरेको छ।