बैशाख २३ काठमाडौ । विश्वकै सबैभन्दा जेष्ठ सगरमाथा आरोहीको रेकर्ड बनाउने ८६ वर्षीय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ । सगरमाथा आरोहणका लागि आधार शिविरमा पुगेका नेपालका सबैभन्दा जेठा सगरमाथा आरोही शेरचनको शनिबार अपरान्ह निधन भएको स्रोतले जनाएको छ । ८६ वर्षीय पुर्व वृटिश गोरखा सैनिक शेरचनले सगरमाथा आरोहण गरेर सबैभन्दा वृद्ध आरोहीको रेकर्ड बनाउने लक्ष्य लिएका थिए । समाचार अनुसार शेरचनको शनिबार अपरान्ह ५ बजेर १४ मिनेटमा निधन भएको हो ।
शेरचनले यसअघि सन् २००८ मा ७६ वर्ष ३४० दिनमा सगरमाथा आरोहरण गरेर कीर्तिमान बनाएका थिए। उनको कीर्तिमान जापानी नागरिकले तोडिदिएका थिए ।
यसअघि आरोही शेरचन सन् २०१५ मा सगरमाथा आरोहण गर्न गएका थिए । तर वैशाख १२ को भुकम्पपछि उनी आधार शिविरबाटै फर्कन बाध्य भए ।
ुपृथ्वीको रक्षा, मानवताको कल्याण र विश्वशान्तिका लागिु सन्देश दिने लक्ष्यसहित सगरमाथा आरोहण गर्न गएका शेरचनलाई विभिन्न संस्था र व्यक्तिले सहयोग गरेका थिए । तर केही वर्ष पहिला जपानका ८१ वर्षीय वृद्धले सगरमाथा आरोहण गरेर उनको रेकर्ड तोडिएपछि पुन नेपालको नयाँ रेकर्ड कायम गर्न सगरमाथा आरोहण गर्न लगेको उनको भनाई छ । वि।सं। २०१६ मा पहिलो पटक पाँच हजार सात सय मिटर अग्लो धौलागिरी हिमाल आरोहरण गरेका उनी ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा जुटेका हुन् । यस अघि सन् २०१३ र २०१५ मा उनले सरमाथा चढने तयारी गरेका पनि०७२ बैशाख १२ को भूकम्पका कारण उनको सगरमाथा चढने सपना पुरा हुनसकेन । उनी सगरमाथाको आधारशिविरसम्म पुगेर फर्किएका परेकोथियो । उनले सगरमाथा चढ्न लिएको रुटपर्मिट आगामी जेठमा सकिने छ ।
अप्रिल पहिलो सातादेखि उनको सगरमाथा यात्रा सुरु भएको थियो । ‘कुनै पनि काम गर्न मलाई उमेरले छेक्दैन । कुनै समयमा त मलाई मेरै उमेर बढी लेखिएछ की जस्तो लाग्न थालेको छु, सगरमाथा चढ्न उमेरले नछेक्ने शेरचनले भनेका थिए, आफू ८६ वर्ष पुगे जस्तो लागेको छैन । पहिला सगरमाथा आरोहणमा जाँदा कि चढेर आउँछु, कि मरेर फर्कन्छु भनेको थिएँ । यो पटक चढेर फर्कन्छु, मरेर जान्न, मलाई इश्वरको कृपा छ ।
आरोहणका लागि सवा करोड लागेको थियो । त्यसका लागि आवश्यक आर्थिक सहयोग गर्न उनले याचना गरेका थिए । गैर आवासीय नेपाली संघ बेलायत, म्याग्दी प्रवास नेपाली संघ बेलायत तथा बेलायतमा रहेका अन्य विभिन्न संघ संस्थाहरुले उनको सगरमाथा यात्राका लागि सहयोग गरेका थिए ।