दाजु भाउजु एचआईभी संक्रमित, भाईको परिवारै अपाङ्ग

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  100 पटक हेरिएको

बझाङ । उमेरले ७० टेक्न लागेका गम्भिरेका दुइ छोरा, दुई बुहारी अनि पाँच नाती नातिनी छन् । उमेरले डाँडो काट्नै लाग्दा छोरा बुहारी र नाती नातिनाको स्याहार सुसार पाउनु पर्ने हो उनले, तर अवस्था ठिक विपरित छ । उल्टै उनले छोरा बुहारी र नातीहरुको स्याहार गर्नु पर्ने बाध्यता छ । केदारस्युँ गाउँपालिका १, चौडामका गम्भिरे दमाईका जेठा छोरा र बुहारी एचआईभीको संक्रमणले थलिएका छन् । कान्छा छोरा बुहारी सहित नातीहरु पूर्णरुपमा अपांग छन् । जेठा छोरा अर्जुन र बुहारी जला दमाई एचआईभीको संक्रमणले थला परेको दश बर्ष हुन थाल्यो ।

जेठा छोरा पट्टीका एक नाती कमाउनका लागि भारत गएरको बर्षौ भयो तर उनी घर फर्केका छैनन । कान्छा छोरा भुमी दमाई जन्मजात सुस्त छन । बुहारी हरुदेवी दमाईको खुट्टा चल्दैन । प्रकृतीको लिला पनि कस्तो ? भुमी दम्पतीबाट जन्मेका दुबै छोरा पनि अपांग नै छन् । जेठो छोरा नौ वर्ष पुगे उनी चार हात खुट्टाको सहाराले हिडडुल गर्छन । कान्छो पाँच वर्षिय छोराको अवस्था पनि उस्तै छ ।

‘भगवानले पनि दुखीलाई नै बढी सताउने रहेछ’ गम्भिरे भन्छन ‘छोरा नातीबाट स्याहार पाउनु पर्ने उमेरमा उनिहरुको स्याहार गर्नु पर्ने बाध्यता रहेको बताउन्छन् । म पनि केही गरी थला परे भने सबै जना भोकभोकै मर्ने पक्का छ । आफ्नो उमेर ढल्कीदै गर्दा छोरा बुहारी र नातीहरुको चिन्ताले मरीतुल्य भएको उनले आँखा भरि आँसु पार्दै बताए ।

स्थानीय उपल्ला जातीको लुगाकपडा सिलाएर गुजरा गर्ने दलित समुदायका उनिहरुको नाममा कुनै जग्गा जमिन छैन । परिवारै अपांग भए पछि पुख्र्यौली पेशालाई पनि निरन्तरता दिन नसके पछि उनिहरुको परिवार चौडामबाट देउरा बजार छेउको सेती किनारमा सर्ने बाध्य भएको हो ।

‘घरका कोही पनि हिड्न नसक्ने भएकाले गाउँमा पानी पधेरो गर्न निकै गाह्रो भयो’ चौडाम छोडेर मजुवा बगरमा झर्नुको कारण बारे भुमी दमाई भन्छन ‘नदी छेउ बसे पछि पानीको समस्या कम होला र बजार पनि नजिकै भएको मागेर गुजारा गर्न सजिलो होला भनेर यता झरेका हौं’ उनले आफ्नो सम्पुर्ण परिवारको गुजरा बृद्ध बाबु र अपांग भएका आफ्नो परिवारले मागेरै गरिरहेको बताए ।

राेएर रात बित्छ

‘कोही मनकारीले भिख दिएमा खान्छौ नभए भोकै सुत्छौ’ खुट्टा नचल्ने अपांगता भएकी हरुदेवी दमाईले भनिन ‘खानेकुरा नहुँदा हामी आफ्नै भाग्यलाई दोष दिदै बस्छौ । छोराहरु भोकले कराउदा मुटु कुडिन्छ । रुदै रुदै रात काट्छौ’ उनले खानेकुराको अभाव सँगै लगाउने लुगा र ओढ्ने ओछ्याउनेको अभावका कारण चिसोले झन सताउने गरेको बताईन । ‘न खानेकुरा छ । न राम्रो ओढने ओछ्याउने छ । दैबले ठगे पछि सबै कुरामा ठग्दो रहेछ’ उनले भनिन ।

उता एचआइभी संक्रमित अर्जुन दम्पती पिडा पनि उस्तै छ । कमाउन भनेर गएको छोरा घर नफर्के पछि मर्ने वेलामा एक्लै परिने चिन्ताले उनिहरुको निद्रा खोसिएको छ । गाँस , बास र कपासको टुङ्गो नभएका उनिहरुको चिन्ता छोराका लागि स्थायी बसोवासको ठेगान लगाउन पाए घर फर्किन्थ्यो की भन्ने छ । ‘खाने बस्ने केही टुङ्गो छैन, घर आएर के गर्नु भन्छ’ एचआइभी संक्रमित जला दमाईले भनिन ‘कतै सानो कटेरो लगाईदिन पाए । फकिन्थ्र्यो की भन्ने आशा त छ, तर आफै भोक भोकै छौं कहाँबाट घर बनाउनु ?’ कुनै मनकारीले देवरका छोराहरुको उपचार र आफ्नो छोरालाई घर फर्काउने वातावरण वनाई दिए सन्तोषका साथ मर्ने चाहाना रहेको जलाका दम्पतीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार