खतरनाक खलनायक तेजा ऐर

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  731 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लागेर सफलता बटुल्ने कलाकार थोरै छन् । त्यसो त कम मात्रामै चलचित्र सफल हुन्छन् भने कलाकार पनि कम मात्रामा नै त सफल हुने भए । यो स्वभाविक हो । तर, सवै एकै क्षेत्रमा सफल हुन्छन् भन्ने पनि छैन ।

एउटै क्षेत्रका पनि फरक फरक कार्य र भूमिका हुन्छन् । ती भूमिका अभिनेता तथा अभिनेत्रीको अभिनयमा नै निर्भर हुन्छ ।
केहीलाई खल पात्रको भूमिका फिट हुन्छ त केही खलपात्रको भूमिकामा देखिए पनि नायकको भन्दा कम्ति अभिनय हुँदैन । केही नायक नायिकाहरुले चलचित्रको मुख्य भूमिकामा निभाएको भए पनि सफलताको स्वाद चाख्न पाएका हुँदैनन् ।

चलचित्रमा लामो समयदेखि अभिनय गर्दै आएको भए पनि अभिनेता  तेजा ऐरलाइ चलचित्रमा खलनायककाे रूपमा बढी रुचाइए ।

नेपाली फिल्म उद्योगमा तेजा ऐरलाई भयानक खलपात्रका रुपमा लिइन्छ । उनले अभिनय गरेका अधिकांश चलचित्रहरुमा नकारात्मक भूमिका नै निर्वाह गरेका छन् ।

चलचित्रमा उनको खल चरित्र देखेर मानिसहरु साँच्चिकै भयभीत हुने गर्दथे । मौहर बस्ती चौधरी फिल्मबाट अभिनय क्षेत्रमा प्रबेष गरेका ऐर डगर चौधरी फिल्म सुपरहित भएपछि निरन्तर चलचित्र उद्योगमा कदम राखेका थिए ।

महेन्द्रनगरका ऐरले बिजयपथ, बिरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डर, लगायत दर्जनौ चलचित्रमा खतरनाक खलनायकका रुपमा अभिनय गरेका छन् ।
उनले खलनायकका रुपमा अभिनय गरेको सत्या र हिरासत छिट्टै पर्दशनको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार