मनास्लु पोष्ट प्राकृतिक स्वर अनि शुद्ध मौलिक नेपाली पन छ । यस्ता मौलिक स्वरका धनि अनि वास्तविवक मौलिक झल्काउने गायिका हुन अन्जु पुन ।
लेखानी ६ बाग्लुङकी प्रतिभाशाली सुमधुर स्वरकी धनि अन्जु पुन मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ ।
सानै उमेर देखि बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएपनि धेरै समय पछि एकपछि अर्को गाउने अबसर पाउदा निकै उत्साह बढेको बताउने अन्जु पुनले भर्खरै भेनाकै पिरले ज्यान कौडा गीत र भैयो भेट सालैजो भाकाको रेकर्डिङ सकेकी छिन जुन गीतहरुमा लोकप्रिय गायक देबिराम राना मगरले साथ दिएका छन ।