काठमाडाैं – लाेक दाेहाेरी गायिका चयन मगर गुरूङकाे नयाँ लाेक दाेहाेरी गीत ‘लुकी लुकी’ बजारमा सार्वजनिक भएकाे छ।
गायिका गुरूङ र सन्जय गुरूङकाे सुमधुर आवाजले भरिएकाे गीतकाे म्युजिक भिडियाे शुक्रबार उनकाे आफ्नै यृटुब च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।
गायक गुरूङकाे लय र शब्द रहेकाे गीतकाे निर्देशन प्रकाश भट्टले गरेका हुन् । गीतकाे छायाकंन राजेश घिमिरेले गरेका हुन् भने संगीत संयाेजन यम थापा मगरकाे हाे ।गीतमा संजय गुरुङ र सरिश्मा राम्जाली मगरकाे अभिनय रहेकाे छ ।