जो कामूक तस्वीरमा सौन्दर्य देख्दथे

  Manaslu Post  645 पटक हेरिएको

चीनका चर्चित इरोटिक फोटोग्राफर रेन हेंगको ३० वर्षको उमेरमा शंकास्पद रुपमा मृत्यु भएको छ । आफ्नो उत्तेजक फोटोग्राफी तथा कविताहरुका लागि संसारभर चर्चित भएका हेंगका तस्वीरको प्रदर्शनी दुनियाँभरका ग्यालरीहरुमा हुने गथ्र्यो । उनी गुच्ची तथा जिक्यू चाइना जस्ता फेसन म्यागेजिनका लागि पनि फोटोग्राफी गर्दथे ।

उनको मृत्यु गत शनिवार भएको थियो, तर मृत्युको वास्तविक कारण अहिलेसम्म पनि पत्ता लागेको छैन । उनले आत्महत्या गरेको दाबी गरिएको छ ।

जर्मन पत्रिका ट्यासचेनका सम्पादक डायन ह्यानसनका अनुसार गत अक्टोबरदेखि हेंग डिप्रेसनबाट ग्रस्त थिए । उनी विश्वको राजनीतिक अस्थिरताका बारेमा निकै चिन्तित थिए ।

रेन हेंगको जन्म चीनको उत्तरी पूर्वी प्रान्त जिलिनमा भएको हो । बेइजिंगमा आफ्नो कलेजको पढाइका दौरान उनले फोटोग्राफी सुरु गरे र सुरुमा आफ्ना साथीहरुका फोटो खिच्न सुरु गरे ।

चिनियाँ युवा मोडलहरुका नांगा तथा अनौठो अवस्थामा लिइएका उनका तस्वीरहरुका कारण उनी छिटै चर्चित बने । उनले आफ्ना साथीका मात्र होइन आमाका समेत तस्वीर खिचेर एउटा श्रृंखलामा प्रयोग गरे । सोसल मिडियाको पुस्ता हुनुका कारणले उनले आफ्नो मन तथा कामका कुुराहरु वेबसाइट, फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्थे । सोशल मिडियामा उनलाई फलो गर्नेको संख्या लाखौँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार