गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गर्यो

  मनास्लु पोष्ट  649 पटक हेरिएको


काठमाडौं, २६ वैशाख । संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलवार साँझ राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने र जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्यालीको कार्यक्रम घोषणा गरेको छ ।

त्यस्तै वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग सहमति भएको थियो तर विधेयक पारित नगराई जेठ ४ गतेका लागि संसद बैठक सारेको प्रति विरोध जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।

मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीसहित कांग्रेस, एमाले, माओवादी र राजपाको सयुक्त बैठकपछि संघीय गठबन्धनले यस्तो निर्णय गरेको हो । विहानको बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धनका नेतालाई जेठ ४ गतेपछि संशोधन गर्ने बचन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार