लोक पारखीहरुको मनमुटुमा कमलसिंह

  मन बहादुर पुन  1004 पटक हेरिएको

 


मनास्लु पोष्ट। नेपाली मौलिक लोक संगीतको दुनिँयामा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक कमलसिहं झाँक्री मगर लोक पारखीहरुको मनमुटुमा बास बस्न सफल भएका छन ।
बाँझकटेरी ८ गुल्मीमा जन्मिएका कमलसिहं झाँक्री मगर स्नाकोत्तर सम्मको अध्यान पुरा गरेका छन भने उनले २ बर्ष भन्दा बढि स्वाथ्य क्षेत्रमा सेवा गरेका थिए । स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थे यहि लोक भाका र दर्शक श्रोत्राको मायाले उनले स्वास्थ्य क्षेत्रलाई छाडेर गायक बन्ने सपना सँगै अध्यानलाई पुरा गर्ने लक्ष्य बोकी काठमाडौ झरेका थिए ।
उनि काठमाडौ झरे सँगै बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट गायन प्रस्तुती दिदै आएपनि कमलसिहं झाँक्री मगरले २०६९ सालमा अर्को जुनि लोक दोहोरी गीत रेर्कड गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । जुन गीत सर्वाधिक चर्चामा रहेको छ ।
युवा पुस्ताका आशा लाग्दा गायक कमलसिहं झाँक्री मगरले अहिले सम्म मनको रहर,नाचौ यसपाली,ए पुर्वेली नानी,तिम्रो चिनो,मौलिक लोक दोहोरी गीतहरु बजारमा ल्याइ सकेका छन भने उनको लय सिर्जनामा रहेको कति बाँचु बजारमा आउने तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार