मनास्लु पोष्ट । ऐतिहासिक पर्यटकिय स्थल अझै भनौ स्वर्गद्धवारी महाप्रभुको जन्मस्थल रुन्टीगढी सखी २ रोल्पामा जन्मेकी दर्शना तिरुवा मौलिक नेपाली लोक दोहोरी गायन दुनिँयामा चम्किदै गरेको नाम हो । मौलिक लोक गायन कलामा राम्रो दक्षता भएकी दर्शना तिरुवा बस्नुपर्छ फेरी यो मन जलाई लोक दोहोरीे गीत रेर्कड गरी औपचारिक रुपमा मौलिक लोक संगीत क्षेत्रमा प्रवेश गरेकी हुन ।
सानै उमेर देखि गाउन भने पछि हुरुक्कै हुने दर्शना तिरुवा करिव २ बर्ष जति रोल्पा एफ.एम लिबाङ रोल्पामा लोक सुस्केरा कार्यक्रम सञ्चान गरेकी थिइन । उनि गायिका बन्ने रहर सँगै नेपाली मौलिक लोक संगीतलाई पछ््याउदै काठमाडौ प्रवेश गरे सँगै निरन्त
रता र
सर्घषका कारणले अहिले सम्म एक दर्जन जति लोक दोहोरी गीतहरुमा स्वर दिइसकेकी छिन ।
उनको कलात्मक स्वरमा कलाकारले हो,शंकाको गोरेटो,जिवन साथी,वान पिस छोटा,मेरो साथ गीतहरुवाट चर्चा वटुलेकी दर्शना तिरुवा देशका बिभिन्न ठाउको कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छिन ।
दर्शक श्रोत्राहरुको निकै माया पाएकी दर्शना तिरुवा नेपाली मौलिक लोक संगीत संबद्धनमा बाचुन्जेल लागी पर्ने बताउछिन । छोटो समयमै थुप्रै संघ संस्थाबाट सम्मान प्रशंसा र कदर पत्र हात पार्न सफल सर्घषशिल,मिहिनेती गायीका दर्शना तिरुवा छिटै नयाँ गीत म त रोल्पाली,निभारोको पात बजारमा ल्याउने तर्खरमा रहेको बताउछिन ।