मतदान गर्ने समय सकियो,

  मनास्लु पोष्ट  739 पटक हेरिएको

काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।

पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन यसैवीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय निर्वाचन उत्सवका रुपमा सम्पन्न भएको प्रतिकृया दिएका छन् । उनले केही मतदान केन्द्रमा बाहेक निर्वाचन शान्तिपुर्ण र ऐतिहासिक पर्वका रुपमा सम्पन्न भएको भन्दै स्थानीय निर्वाचन सवैका लागि उत्सव बनेको बताए । निर्वाचन आयोगले विहान ७ वजेबाट बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।आईतबार ३ प्रदेशका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिकामा प्रतिनिधि, नगरप्रमुख र वडाअध्यक्ष गरी २ सय ८३ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो । पहिलो चरणमा मतदान भएका स्थानमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता रहेका थिए भने
उनीहरुले १३ हजार ५ सय ५६ जना जना प्रतिनिधि निर्वाचित गर्दैछन् ।

पहिलो चरणमा निर्वाचन भएका प्रदेश : ३,४ र ६
जिल्ला : ३४
चुनाव भएका गाउपालिका र नगरपालिका :  २८३ (निर्विरोध २ सहित)
महानगरपालिका : ४
उपमहानगरपालिका :  १
नगरपालिका : ९२
गाउँपालिका : १८६
तीन प्रदेशका मतदाता : ४९,५६,९२५
मतदान केन्द्र : ६,६४२
कुल उम्मेदवार : ४९,३३७ (पुरुष ः३०,००५,महलिा ः १९३३२)

क–कसले कहाँबाट गरे मतदान ?

–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं. ४ स्थित लक्ष्मी मावि लंकूको मतदान केन्द्र ‘ख’बाट मतदान गरे ।

–एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान स्थलबाट मत हालेका छन् ।

–स्वास्थ्यमन्त्री गगनकुमार थापाले १० बजे मैतिदेवी मतदान केन्द्रबाट मतदान गरे ।

–एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले डिल्लीबजार कन्या क्याम्पस केन्द्रबाट मतदान गरेका छन् ।

–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबारक्षेत्रमा रहेको विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् ।

–राप्रपा अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडानम्बर ५ को मतदान केन्द्रबाट मतदान गरेपछि हर्ष र गौरवको अनुभूति गरेको बताए ।

–महानगरको मेयरका उम्मेदवार पवित्रा बज्राचार्य,रन्जु दर्शना, विद्यारत्न शाक्य, राजुराज जोशी लगायत अन्य उम्मेदवारले पनि पनि मतदान गरे ।

–माओवादी केन्द्रका नेता देव गुरुङले मनाङको नानसोन गाउँपालिका ४ ओडारगाउँस्थित सरस्वती स्कुलबाट मतदान गरेका छन् ।

– कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेका छन् ।

–एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौको टोखा नगरपालिका ६ स्थित स्काईलार्क स्कुल धापासीबाट मतदान गरेका छन् ।

–नायिका रेखा थापाले काठमाडौंबाट मतदान गरेकी छन्

–पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सूर्यज्योती मावि मेहलकुना केन्द्रबाट मतदान गरेका छन् ।

–धादिङको भ्याली गाउँपालिकाको मुकाराप उमावि केन्द्रमा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङद्वारा मतदान ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार