रङ्गमञ्चको दुनिँयामा जगत पतेल

  मन बहादुर पुन  991 पटक हेरिएको

 

नेपाली चलचित्र एवं म्युजिक भिडियोको रङ्गमञ्च दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल क्रियासिल उदयमान मोडल हुन जगत पतेल ।
निसकोट ६ म्याग्दीमा जन्मिएका जगत पतेल स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो नृत्य प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कार हात पार्न सफल हुन्थे ।
उनले बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट नृत्य र नाटक प्रस्तुती दिदै आएपनि नेपाली कथानक चलचित्र कसिङ्गरमा अभिनय गरि औपचारिक रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । जुन चलचित्र कसिङ्गरको निर्माता पनि हुन ।
युवा पुस्ताका आशा लाग्दा मोडल अभिनेता जगत पतेल अहिले सम्म डिकेश मगरको निर्देशनमा रहेको म्यूजिक भिडियो फुल टिप्दा घोच्यो काँडैले लोक दोहोरी लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार